बानाको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न व्यक्तिहरु सम्मानित ,पूर्व तथा वर्तमान महिला अध्यक्षहरुले यसरी सामुदायिक भवन निर्माण प्रारम्भ गर्दै सम्पन्न गरे

इनेप्लिज २०७५ वैशाख ११ गते २:१७ मा प्रकाशित

विजय थापा अप्रिल २२ , हरेक बर्ष बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले मनाउदै आएको नया बर्ष शुभकामना आदान प्रदान कार्यक्रम लाई यस बर्ष पनि बिगतका बर्ष झैँ निरन्तरता दिएको छ । तर यस पटकको नयाँ बर्ष शुभकामना आदान प्रदान दुई कुरामा पृथकता रहन पुगेको छ ।

पहिलो ,स्थापना भएको १४ बर्ष पछि आफैले हालसालै खरिद गरेको आफ्नै भवनमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सफल भएको छ भने दोश्रो हरेक बर्ष मनाउदै आएको सांस्कृतिक साँझ कार्यक्रमले निरन्तरता दिन भने पाएन ।

भर्खर सामुदायिक भवन खरिद गरे पछि ऋणको बोझ आफ्नो थाप्लोमा बोकिरेहको बानाले खर्चमा कसरी न्यून गरि सामुदायिक श्रोत केन्द्रको रकम चुक्ता गर्न गम्भीर रहेकोमा प्रशंसाको पात्र भएको छ ।

यसको साथै कार्यक्रम दिउसो १ बजे देखि साँझ ७ बजे सम्म समय व्यवस्थापन गरि आउन सबैलाई सजिलो होस् भनि कार्यक्रम राखिएको थियो भने समुदाय सदस्य दिनभरी आएका थिए । सन् २००४ मा स्थापना भएको बानाले सदैव अन्य विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको भएता पनि पहिलो पटक आफ्नै छाना मूनि समुदायलाई बोलाएर कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ ।

बानामा अध्यक्ष बन्ने अवसर पाएकी प्रथम निर्वाचित महिला अध्यक्ष रविना थापाले सामुदायिक भवन निर्माण हेतु जम्मा गरेर राखेको करिव $ १५ हजार डलर रकम उनि पछि अध्यक्ष भएका बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठलाई रकम हस्तान्तरण गरेको बताइन । र ,सो रकम बाट नै बानाको सामुदायिक भवन निर्माणको प्रारम्भ भएको ईतिहास बाना कि पूर्व अध्यक्ष रविना थापाले कार्यक्रममा सार्बजनिक रुपमा समुदायलाई अवगत गराइन ।

उनले त्यो सामुदायिक भवनको लागि प्रारम्भिक बिउ रोपेको र थापा कै कार्यकालमा समिति सदस्य रहेकी अनु श्रेष्ठ वन्त ले एक महिला ले सुरुवात गरेको कार्यलाई निरन्तरता दिदै वन्तले आफू अध्यक्ष भए पछि आफ्नै सामुदायिक भवन खरिद गरि नया बर्ष कार्यक्रम सोहि भवनमा गर्न सकेकोमा हर्ष व्यक्त गरिन ।

अध्यक्ष अनु श्रेष्ठ वन्त ले महिला घर बनाउन सक्षम हुन्छन र समुदायमा पनि घर बनाउन सक्षम हुन्छन भन्ने संदेश दिएकी छिन् । तर बिशेष बाना सामुदायिक भवन निर्माण गर्न बाल्टिमोरवासीको अथक प्रयास बाट सम्पन्न भएको हो ।

बाना को सामुदायिक भवनको लागि नेपालबाट पण्डित दिनबन्धु पोखरेल बोलाई पूर्व अध्यक्ष विजय श्रेष्ठले सप्ताह महापुराणको आयोजना गरे भने कानुनी रुपमा र काउन्टीका अनेक कार्य संग संघर्ष गर्दै पूर्व अध्यक्ष अभियन्ता कुलमणि आचार्यको भूमिका रहेको सर्बबिदितै छ |

बाना ले आफ्नै भवनमा कार्यक्रम गरे पछि न्यु योर्कका वरिष्ट कानुनविद तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष तथा कार्यक्रमका अतिथि खगेन्द्र जिसीले बानालाई शुभकामना दिदै आज यो दिन ऐतिहासिक दिन जस्तो लागेको बताए । हामीले कहिले आफ्नो पहिचान बिर्सनु हुदैन उनले भने । बिदेशमा बसे पछि पहिचान को कुरा ठुलो महत्व हुन्छ भने । उनले अमेरिकन सरकार द्वारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपीएस )बिषयमा अबको केहि दिनमा सकिने हुदा यसको नवीकरण हुने छ आफुलाई आशा लागेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा महा बाणिज्य दुत प्रेम राजा महतले महा बाणिज्य दुताबास तथा आफ्नो व्यक्तिगत शुभकामना दिदै बानाले ऐतिहासिक कार्यक्रम गरेकोमा हर्ष व्यक्त गरे । बाना ले गरेको कार्यक्रममा जति जति उपस्थित हुनु भएको छ वहाहरु घर मै आउनु भएको बताए ।

अध्यक्ष अनु श्रेष्ठ वन्तले यो अवस्था सम्म आई पुग्दा आफुलाई साथ दिने सबैलाई धन्यवाद दिइन । पूर्व अध्यक्ष रबिना थापाको कारण बानामा प्रवेश गरेको हु हु भन्नु पर्दा मलाई कुनै संकोच छैनन भनिन । रबिनाले भवनको सुरु गरिन ,त्यसलाई मैले निरन्तरता दिए । हामी दुई जना महिला मिलेर घर बनायौ । यसको अर्थ यो हैन कि हामीले मात्र बनायौ भन्ने हैन ,सवैको अथक प्रयास र सहयोग नभएको भए आज बाना को घर हुने थिइन् भनिन ।

दिदि बहिनीहरुले आफूलाई साथ नदिएको जस्तो लागेकोमहसुस भएकोले सबैलाई आफूलाई साथ दिन आव्हान गरिन । दिदी बहिनिहरुलाई बाहिर गएर काम गरेको सायद मन नपरेको हो कि प्रश्न गरिन ? सदैब सकारात्मक सहयोग राख्नु पर्ने र राम्रो काम गरेकोमा प्रशंसा गर्नु बताइन ।

उनले बानाको भवन बारेमा बोल्दै महिलाले घर बसाउछे तर त्यहाँ कहिले बस्न पाउँदिन। तर अरु ठाउँमा बनाउछे भनिन । उनले मेरो जन्म बाग्लुङ्गमा तर मेरो घर काठमाडौँ मा भयो । महिलाले समाजको घर पनि बनाउन सक्छे भन्ने बताइन । अमेरिकाको न्युयोर्क आए तर घर बाल्टिमोरमा बन्यो भनिन । उनले मन्तब्य राख्दै संस्थालाई कसैले दोष दिन नहुने भन्दै पूर्व अध्यक्ष ले राम्रो के गरेका छन् त्यो हेर्न आब्हान गरिन ।

नव बर्षको आदान प्रदान कार्यक्रमका अतिथि एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी , बाना संस्थापक गणेश मलेखु ,बाना संस्थापक नारायण थापा ,बाना भवन निर्माणमा सहयोग गर्ने कुलमणि आचार्य ,दुई पटक विश्व किर्तिमान गर्न सफल कराते खेलाडी उज्जवल  ठकुरी ,पर्यटन दुत ज्ञानु रिमाल ,ध्रुव वन्त लगायत लाई खादा ओढाई सम्मान गरिएको थियो । यसको साथै चन्दादाता तथा आर्थिक सहयोग गर्ने सबैलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । प्रमाण पत्र महा बाणिज्य दुत प्रेम राजा महत तथा वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले बितरण गरेका थिए ।

शुभकामना मन्तब्य दिनेहरुमा प्रवासी नेपाली मंचका केन्द्रिय अध्यक्ष प्रभु थापा ,एनआरएन आईसीसी सदस्य राजन त्रिपाठी, बानाका संस्थापक नारायण थापा ,नासो कम्युनिटीका अध्यक्ष गोपाल विक ,नासोका पूर्व अध्यक्ष धरम बिश्वकर्मा ,बाना संस्थापक गणेश मलेखु ,बानाका पूर्व अध्यक्ष रबिना थापा,बाना का पूर्व अध्यक्ष विजय श्रेष्ठ ,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य ,एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष दुर्गा श्रेष्ठ ,म्याग्दी समाज युएसएका अध्यक्ष अमर छन्त्याल ,कास्की समाजका अध्यक्ष कुल गुरुङ ,तनहु अमेरिका सोसाइटीका अध्यक्ष पर्ल रेग्मी ,पर्यटन दुत ज्ञानु रिमाल ,पशुपतिनाथ मन्दिरका उपाध्यक्ष विश्वराज गौतम ,नेपाल अमेरिका चलचित्र सोसाइटीका संस्थापक पूर्ण सिंह बराइली ,संचारकर्मी विजय थापा, दोहोरो गिनिज वर्ल्ड रेकर्ड विश्व कीर्तिमानी लगायतले बानाले आफ्नै भवन मा कार्यक्रम गरेकोमा बधाई दिदै सुझाव ,सल्लाह नयाँ बर्षको शुभकामना दिएका थिए l

कार्यकमको उद्घाटन प्रमुख अतिथि तथा महा बाणिज्य दुत प्रेम राजा महत तथा अतिथि कानुन बिद खगेन्द्र जिसीले सयुक्त रुपमा पानसमा बत्ति बाली गरेका थिए । कार्यकम को सुरुवात नेपाली तथा अमेरिकन राष्ट्रिय गान बाट सुरु गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य सुबोध विलास पन्तले गरेका थिए भने कार्यक्रम सचालन हिरा लाल गुरुङले गरेका थिए । यसै गरि प्रमाण पत्र वितरण कार्यकम को सहयोगीको भूमिका सागर घिमिरे लगायत सबै समिति सदस्यले गरेका थिए ।

प्रतिक्रिया