रोट्र्याक क्लब अफ कान्तिपुरको आयोजनामा फोन, फेसबुक, फ्री-वाईफाई, ईमेल, वेभसाईट ह्याक र सुरक्षा सम्बन्धी साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा संस्थाका सदस्यहरुलाई १ दिने तालिम प्रदान

इनेप्लिज २०७५ वैशाख १० गते १०:५४ मा प्रकाशित

काठमाण्डौ, अप्रिल २२, २०१८ – फ्रि-वाईफाई ह्याक, ईमेल आईडी ह्याक, फेसबुक आईडी ह्याक, आईफोन, स्यामसुङ्ग ह्याक, वेभसाईट ह्याक कसरि हुन्छ, के नक्कली हो र के सक्कली हो, यी सबै डिजिटल अपराधहरुबाट कसरि बच्ने भन्ने बिषयमा रोट्र्याक क्लब अफ कान्तिपुरको आयोजनामा साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा १ दिने प्रशिक्षण राजधानीमा सम्पन्न भएको छ । करिब ५ घण्टा सम्म चलेको उक्त कार्यक्रममा रोट्र्याक क्लब अफ कान्तिपुरका सदस्यहरुको सहभागिता रहेको थियो ।

साईबर सेक्युरिटी ईन्टरन्यासनलका गिरिजा सुबेदीले कार्यक्रमको समायोजन गर्नुका साथै प्रशिक्षक पुजा गुरुङ्गद्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी संम्पुर्ण सहभागिहरुलाई प्रयोगातमक प्रशिक्षण प्रस्तुत गरिएको थियो भने रमेश सुबेदीद्वारा फोटो, भिडियो खिचिएको थियो । अहिले बढिरहेको साईबर अपराधलाई न्युनिकरण कसरि गर्ने, फोन, फेसबुक, फ्री-वाईफाई, वेभसाईट, ईमेल ह्याक हुनुबाट प्रयोगकर्ताहरु कसरि बच्ने भन्ने बिषयमा प्रयोगात्मक रुपले कार्यक्रम संञ्चालन गरिएको थियो ।

31100540_1075710175901267_6221655720513765376_n.jpg

अन्तमा, क्लबका सहभागी सदस्यहरुले कार्यक्रमको बारेमा अ-आफ्नो बिचारहरु राखेका थिए । कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र डिजिटल प्रयोगकर्ता सबैले ज्ञान लिनु पर्ने कुरामा जोड दिएका थिए । सहभागि सदस्यहरुलाई साईबर सेक्युरिटी ईन्टन्यासनलको प्रमाणपत्र प्रदान गरिएको थियो ।

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।

प्रतिक्रिया