जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई भोजन अर्पण

इनेप्लिज २०७५ वैशाख ९ गते १५:३३ मा प्रकाशित

 

२०७५ वैशाख ९ गते, काठमाडौँ । साहित्यकार पुष्पा खनालले काठमाडौँको गङ्गबुमा रहेको मानवसेवा आश्रममा रहेका जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई आज भोजन ग्रहण गराउनु भएको छ ।

आफ्नी ममतामयी आमा दमन्ता खनालको जन्म दिनको अवसरमा स्रष्टा खनालले आश्रममा रहेका ५७ जना आमाबुबा र बालगोपालहरुलाई भोजन अर्पण गर्नुभएको हो ।

 

कार्यक्रममा उहाँका पिता अम्बिका, दिदीहरु डम्बरकुमारी, इन्द्र, बहिनी प्रकृतिलगायत परिवारका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

आफ्नी आमा साथमा नरहे पनि तिनै आमाको प्रेरणा र आशिर्वादका कारण मानव सेवामा लाग्न आफूलाई प्रेरणा मिलेको खनालले बताउनुभयो ।

आगामी दिनहरुमा पनि यसरी नै विभिन्न क्षेत्रमा आश्रित व्यक्ति तथा असहाय व्यक्तिहरुलाई आफूले सकेको सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

यस्तै निजले यसअघि आफ्नी दिवंगत आमाको सम्मानमा दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको पनि स्थापना गर्नुभएको छ ।
स्रष्टा खनालकी आमाको ८१ वर्षको उमेरमा २०७३ माघ २६ गते निधन भएको हो ।

प्रतिक्रिया