अभिनेत्री/मोडेल अनु शाह अभिनित “यो जुनीलाई” को म्युजिक भिडियो सार्वजनिक।

इनेप्लिज २०७५ वैशाख ९ गते १४:५० मा प्रकाशित

चर्चित अभिनेत्री/मोडेल अनु शाह र कमल सिंहको जोडदार अभिनय रहेको म्युजिक भिडियो “यो जुनीलाई” YouTube मार्फत सार्बजनिक गरिएको छ। एक तर्फी मायाको कथा बोकेको उक्त गीतमा गायक अशोक अर्यालको स्वर रहेको छ ।
गत बर्ष ‘अशोका’ एल्बम बजारमा ल्याएका गाएक अर्यालको उक्त नयाँ गीतमा राजु अर्यालको शब्द र लय रहेको छ ।

सलीना म्युजिकको प्रस्तुति रहेको उक्त भिडिओको निर्देशन बिक्रम चौहानले गरेका छन् भने छायांकन प्रकाश खड्काले गरेका छन । संगीत सम्योजन केशव बडूको रहेको उक्त गितको भिडियोलाई मिलन बिकले सम्पादन गरेका छन।
गायक अर्यालको सुमधुर स्वर र आकर्षक दृश्यहरु रहेको उक्त भिडियोले दर्शक श्रोताहरुको मन जित्ने विश्वास गरिएको छ।

यस्तो छ ‘यो जुनीलाई’ को म्युजिक भिडियो :

https://www.youtube.com/watch?v=MAlZx8Dwtqs

प्रतिक्रिया