मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०८:३८
वासिङटन डिसी 22:53

दोस्रो नर्थ क्यारोलिना नेपाल परेड दिवस सफलतापूर्वक सम्पन्न

इनेप्लिज २०७५ वैशाख ९ गते १४:१७ मा प्रकाशित

सुवास ढकाल ,यो नेपाली शिर उचाली संसारमा लम्कन्छ दोश्रो नेपाल दिवश आत्यधिक सफलताका साथ सु-सम्पन्न भएको छ ।अमेरिकाका नर्थ क्यरोलाइना राज्यमा नेपालीमुलका मानिसहरुको स्वतस्फुर्तरुपमा उल्लेखनीय उपस्थितिका साथ मिति अप्रिल २१, २०१८ का दिन नेपाल दिवश भव्य कार्यक्रमहरुका साथ सम्पन्न भएको छ ।कार्येक्रमको आयोजना

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सी एन ले गरेको हो !

कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेकोमा हामी सबै सहभागीहरुमा मुरी मुरी धन्यवाद छ । हामी सबैको अथक परिश्रमको परिणाम हो आज हामी इतिहास रच्न सफल भएका छौं । यो कार्यक्रम अब निरन्तर चलिरहन्छ, आउँदा वर्षहरुमा आयोजक फेरियेलान, प्रस्तुति फेरियेलान, स्वरुप परिवर्तन होला तर भावना झन् झन् गहिरो हुदै जाने छ, सहभागिता झन् झन् बढ्दै जाने छ | किनभने, यो त स्वतस्फुर्त रुपमा जागृत भावाना हो, आत्मियता हो, सम्मान हो अनि पहिचान हो ।

कार्यक्रमको पहिलो चरणमा विभिन्न झाँकीहरु सहितको परेड थियो, दोश्रो चरणमा कार्यक्रम संचालक, अमेरिकाका लागि नेपाली राजदुत, नर्थ क्यरोलाइना राज्य एवं मोरिस्विल शहरका प्रतिनिधिहरु तथा अन्य समाजसेवीहरुको मन्तव्यको कार्यक्रम थियो एवं अन्तिम चरणमा सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति थियो ।

नेपाल सेन्टर अफ नर्थ क्यरोलाइनाका अध्यक्ष्य डा. बाटु शर्मा एवं उपाध्यक्ष्य रबिन्द्र कार्कीले आफ्नो मन्तब्यमा कार्यक्रम सबैको अथक प्रयास एवं परिश्रमका कारण सफल भएको कुरा राख्नु भएको थियो ।

कार्यक्रमको संचालान संस्थाका सचिव बिक्रम गौतम, नेपाली स्कूलका संचालिका सुजाता ढुंगेल एवं संस्थाका सदस्य जितमानबस्नेतले गर्नु भएको थियो ।

 

“यो नेपाली शिर उचाली संसारमा लम्कन्छ” यो गीत घन्काउदै सात समुन्द्रपारीको भुमिमा गर्वसाथ नेपाल बोकेर हिडीरहेकाहरु देख्दा लाग्यो – हामी विदेशिएका होइनौ विश्वव्यापी भएका हौ  ।

 

 

नर्थ क्यारोलिनाको आयोजनामा भएको नेपाल डे परेड कार्यक्रमको भिडियो :,सुवास ढकाल

Posted by Enepalese on Saturday, April 21, 2018

NCNC को आयोजना मा भएको नेपाल डे परेड कार्यक्रम को प्रत्यक्ष प्रशारण मोरिस भिल नर्थ क्यारेलिना प्रशारण: विनय अर्याल

Posted by Enepalese on Saturday, April 21, 2018

NCNC को आयोजना मा भएको नेपाल डे परेड कार्यक्रम को प्रत्यक्ष प्रशारण मोरिस भिल नर्थ क्यारेलिना प्रशारण: विनय अर्याल

Posted by Enepalese on Saturday, April 21, 2018

सुवास ढकाल 

 

 

 

 

प्रतिक्रिया