आचार्य राजन शर्माद्वारा ६ देशका १३ शहरमा उत्प्रेरणात्मक योग शिविर सम्पन्न

इनेप्लिज २०७५ वैशाख ९ गते १३:३२ मा प्रकाशित

असनेपालन्युज्न, सिड्नी । जीवन जहाँं रहे पनि , जस्तो पेरिस्थितीमा रहे पनि सरल र आनन्दित भएर बांच्न हरेक ब्यक्ति योग्य हुन्छन् । सुखी रहन भौतिक सम्पत्ति मात्र हैन मन र शरीरको शुद्दि जरूरि छ । विश्व जागरणको यो अभियान अन्तर्गत सुखी रहने विधि, दिनचर्यालाई सामान्य रुपमा बदल्ने वैज्ञानीक , प्राचीन , आधुनिक उपायहरू सहितको विविध योग , सकारात्मक चिन्तन र आदर्श जीवनका शिविर हरूलाई विगत ३ साता भित्रमा एक नेपाली द्वारा छ देशका १३ शहरमा सन्चालन गरिएको छ ।

मस्तिष्क तीक्ष्ण पार्ने यौगिक मुद्रा , आसनहरू , आयुर्वेदिक चिकित्साका स्व-उपचार पद्दति ,उत्प्रेरणात्मक अभिव्यक्ति ,हांस्य चिकित्सा , जागरण देखि सयन अवधि सम्मको प्राचीन विज्ञानका सुत्रहरू सो शिविरका आकर्षण थिए । सकारात्मक सोचका अभियन्ता तथा योग गुरु आचार्य राजन शर्मा द्वारा विभिन्न देशमा यस्तो उत्प्रेरक शिविर सन्चालन गराउंनु भएको हो ।

यसै क्रममा नेपालमा नागरिक समुह,विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज र अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा काठमाण्डौ को यलो प्यागोडा होटलमा , रक्षा नेपालको आयोजनामा किर्तीपुरको सतुङ्गलमा , उपत्यका पतन्जली योग शिविर द्वारा जोरपाटी योग केन्द्रमा ,नेपालगन्जको प्रगतिशिल साहित्यिक केन्द्र द्वारा कोहलपुरमा , सिन्धुपाल्चोक को मेलम्ची नगरपालिका द्वारा मेलम्ची बजारमा , जालपा देवी माद्यामिक विद्यालय द्वारा जामाविको प्रङ्गण बाहुनिपाटिमा , श्रीकालिका देवि माद्यामिक विध्यालय , बांसवारी ३ , पिपलचौरमा ,ललितपुरको ईमाडोल लगायतका क्षेत्रमा यस्ता मानव जागरणक केन्द्र सन्चालन सम्पन्न गरिएको विश्व शान्ति तथा अध्यात्मा विज्ञान समाजले जनाएको छ ।

यसैगरि नेपाली सोसाइटी सिङापूर द्वारा सिङापुरको ‘बुङ किन रोड ‘मा , थाइल्याण्डमा, थाइ नेपाली अशोसिएशन द्वारा आयोजित युवा व्यक्तित्व विकास शिविर ‘सोइ सिरिफोट’ , बैङ्कक मा करिव ४ सय युवाहरूको सहभागीतामा एक विशेष शिविर सम्पन्न भएको छ ।

यस्तै कतारको नेपाली दुतावासमा , यस्तै संन्स्कार नेपालको आयोजनामा कतारको विभिन्न स्थानमा हजारौंका विच यस्ता आदर्श जीवन सम्बन्धि जागरणका कार्यक्र्म सन्चालन भएको नेपाली दुतावास कतारले जनाएको छ ।


भीमसेन सापकोटाको नामले समेत पारीचित युवा अध्यात्मिक गुरु शर्मालाई विभिन्न देशका आयोजक हरूले अभिननन्दन समेत गरेका छन्।

विश्वका अन्य १९ देशका २७ शहरमा यस्ता जागरणका कार्यक्रम मार्फत मनिसहरू विच उत्प्रेरणा , पूर्वीय दर्शनको प्रचार , सुखी हुने कला लगायतका कार्यक्रम सम्पन्न भएका छन्। जहाँं हजारौ विदेशि र नेपालीहरूले सामुहिक रुपमा जीवन सुधार का गतिविधिमा संलग्न भई आफुलाई सका रात्मक दिशामा परिवर्तन गराएका छन्।

विश्वमा हिंसा , तनाव र वेचैनि बढीरहेको वर्तमान परिवेशमा योग दर्शन र मनोविज्ञानका सुत्रहरू प्रयोगात्मक रुपमा अभ्यास गराईने यस्ता शिविरको उपादेयता थप बढ्दै गईरहेको सहभागिहरूले प्रतिकृया दिएका छन्। यस्ता मनोवैज्ञानीक साधनाका उत्प्रेरक भिडियो हरूलाई यस लिङ्कमा हेर्न सकिने छ ।

प्रतिक्रिया