पर्यटनदूत प्रकाश थापा सरटोगा सिटी काउन्सिल द्वारा सम्मानित

इनेप्लिज २०७५ वैशाख ८ गते १:४६ मा प्रकाशित

सिलिकन भ्यालीकाका लागी पर्यटन दूत प्रकाश थापा सरटोगा सिटी काउन्सिल द्वारा सम्मानित भएका छन् । सनी बिल सिटीमाँ आयोजित नेपाली नया वर्ष २०७५ साल को शुभकामना आदान प्रदान कार्यक्रम उनलाई सम्मान गरिएको हो ।

आयोजकले नेपालीहरूको प्रशंसा गर्दै विदेशमा रहेता पनि आफ्नो देश ,सामुदायिक संस्कृति प्रवर्धनमा बिशेष भूमिका निभाएकोमा सरटोगा सिटीका काउन्सिल मेम्बर रिसी कुमारले थापालाई सम्मान गरेका हुन् ।

सनी सागरमाथा नेप्लिज कम्यूनिटी का सभापति गंगा केसी ले नेपाली टोपी लगाईं काउन्सिल मेम्बर रिसी कुमार लाई स्वागत गरेका थिए ।

आफु काठमाडौँ काठमाण्डू र पोखरा घूमेको नेपाल अति नै सुन्दर देश भएको नेपालीको आतिथ्य संस्कार उत्कृष्ट रहेको बताए । साथै भ्रमण नेपाल २०२० लाई सफल बनाउनका लागी सिलिकन भ्यालीको आफूले सक्दो पहल गर्ने सिटी काउन्सिल सदस्यले बताए ।

प्रतिक्रिया