डिसी महानगर क्षेत्रमा गाडी चलाउदा सन्देश आदान प्रदान गरेमा $ २ सय ५० डलर सम्म दण्ड जरीवाना

इनेप्लिज २०७५ वैशाख ८ गते १:२७ मा प्रकाशित

विजय थापा ,अमेरिकाको विभिन्न राज्यमा सवारी साधन चलाउदा संचार माध्यम बाट सन्देश आदान प्रदान गरेमा फरक दण्ड जरिवाना गरिन्छ । तर अमेरिकाको वाशिंगटन डिसी महानगर क्षेत्रमा सवारी साधन चलाउदा प्रहरीले पक्राउ गरेमा $ २ सय ५० डलर सम्म दण्ड जरीवाना तिर्नु पर्ने हुन्छ ।

ठुलो दण्ड जरिवाना हुँदा हुदै गत बर्ष २०१७ मा मात्र मेरिल्याण्ड राज्य ३० हजार सवारी साधन दुर्घटना परे । यसको मूल कारण सवारी साधन कुदाउदा कुदाउदै आफ्नो संचार साधन भ्रमण ध्वनि (मोबाइल ) द्वारा आएको संदेश लाई उत्तर दिंदा या सवारी साधन चलाउदा चलाउदै आफूले कसैलाई संदेश दिने क्रममा अत्यधिक दुर्घटना भयेको हुनाले यति महँगो दण्ड जरिवाना राखिएको छ ।

तैपनि यसको कारण दुर्घटना भने अझ पनि घटेको छैन । डिसी महानगर क्षेत्रमा नेपाली समुदायको घना वस्ती भएको कारण ध्यान दिनु पर्ने हुन्छ । वाशिंगटन डिसीमा सवारी साधन चलाउदा भ्रमण ध्वनि बाट संदेश आदान प्रदान गरे $ १ सय डलर ,मेरिल्याण्ड राज्यमा $ ७५ देखि $ १ सय ७५ डलर तथा भर्जिनियामा $ १ सय २५ डलर देखि $ २ सय ५० डलर सम्म दण्ड जरिवाना तिर्नु पर्ने हुन्छ ।

भर्जिनियामा प्रथम पटक कानुन तोडेको अवस्था छ भने दोश्रो पटक पक्राउ पर्दा $ २ सय ५० डलर तिर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया