पोल्यान्डमा रहेकी एलिनी पोखरेल सुवेदीको समाज सेवा

इनेप्लिज २०७५ वैशाख ७ गते २१:२५ मा प्रकाशित

I can not think a life only for myself and my family but I live to serve society as well”.   – डा. एलिनी पोखरेल सुबेदी

पोखरेलफांट, तनहुँमा एक प्रतिष्ठित पोखरेल परिवारमा जन्मेकी एलिनीको विवाह पोल्याण्ड निबासी परिचित नेपाली डाक्टर बोधराज सुबेदीसंग भएको थियो।

जसको फलस्वरूप हामी सबैले उनलाई एलिनी पोखरेल-सुबेदीको नामले चिन्दछौं। तनहुँको एक साधारण स्कूलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेकी एलिनीलाई 10+2 को अध्ययन गर्ने अवसर Boston को CRLS school मा मिल्यो।

त्यसैताका सन् १९९० मा एलिनीले आफ्नो बैज्ञानिक योजना प्रस्तुत गरि पुरस्कार प्राप्त गरेकी थिइन्। यति मात्र होइन, उनलाई  Hardward University, Massachusetts मा English language को summer class मा अध्ययन गर्न छात्रवृत्ति मिल्यो। अमेरिकामा अध्ययनरत रहँदा एलिनीलाई  Cambridge Rindge and Latin High School मा  National Honor Society को सदस्यता पनि मिल्यो।
यो सदस्यता पाउने उनी पहिलो नेपाली हुन। सन्  १९९८ मा India को LLRM Medical College of Chaudhari Charan Sigh University, Meerut बाट  MBBS गरेकी  एलिनीले postgraduate का लागि केही तालिम  नेपालको बीर अस्पताल र Nostrified MBBS degree पोल्याण्डको Slaskich Memorial University बाट  गरेकी छिन्।
मातृभाषा नेपाली बाहेक अंग्रेजी, पोलिस र हिन्दी भाषामा एलिनी पोख्त छिन्। उनी अहिले वार्साको एक प्रतिष्ठित अस्पतालमा कार्यरत छिन्। यस अघि पनि उनीले केही समय वार्सा नजिकैका बिभिन्न अस्पतालहरूमा काम गरि सकेकी थिइन।
डा. एलिनी भन्छिन् ‘हामीले आजसम्म पोल्याण्डमा बसोबास गर्ने र  आर्थिक अवस्था कमजोर भएका सबै नेपालीहरुलाई नि:शुल्क स्वास्थ्य परिक्षण र औषधि उपचारको सुबिधा उपलब्ध गराउदै आएका छौं ।’ पोल्याण्डमा आफ्ना श्रीमान डा. बोधराज सुबेदी संगसंगै काँधमा काँध मिलाएर बिभिन्न सामाजिक कार्यहरुमा सदा अग्रसर छिन्, एलिनी।
एनआरएनए पोल्याण्डबाट आईसीसी सदस्य समेत भैसकेकी र पोल्याण्डमा एनआरएनएको गठन गर्ने कार्यमा ठूलो भूमिका निभाएकी थिईन्। दुई छोराछोरीकी आमा एलिनी आफ्नो परिवाबारिक जीवनलाई पनि उत्तिकै महत्व दिन्छिन्।पोल्याण्डमा  सन् २०१२ मा स्थापना भएको   जनसम्पर्क समितिको एलिनी पोखरेल सुबेदी संस्थापक र हाल यस समितिको अध्यक्ष पनि छिन्।
नेपालमा भूकम्प गएको बेलामा पिडित नेपालीलाई पोल्याण्डबाट गरिएको सहयोगमा उनको ठूलो सहभागिता रहेको थियो। यसका साथै नेपालीहरुका उद्धारका लागि बिभिन्न शिविर क्याम्पमा स्वयं सेवकको रुपमा उनको उपस्थितिले नेपाली मातृभूमिको माया प्रष्ट देखिन्छ। उनी तनहुँको गोवर्धन मेमोरियल ट्रष्टसंग पनि  प्रत्यक्ष रुपमा सम्बधित छिन्।
बिभिन्न माध्यम मार्फत उनले गरेको योगदान ज्यादै सह्रानीय छ।  नेपालमा प्रजातन्त्र ल्याउने क्रममा सन् १९९१ मा अमेरिकाको बोष्टनमा गरिएको आन्दोलनमा  डा. जगदिश चन्द्र पोखरेल, मिनेन्द्र रिजाल,  खगेन्द्र जि.सी. का साथ एलिनी पोखरेलले पनि सक्रिय रूपमा भाग लिएकी थिइन्।
डा. एलिनी पोखरेल सुबेदी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पोखरेललकी छोरी हुन।आज उनलाई नेपालमा मात्र नभई हामी सबै नेपालीले बिदेशमा पनि  डा. एलिनी पोखरेल सुबेदीको नामले चिन्दछौं।
बहिनी एलिनीलाई भविष्यमा पनि सफलता मिलोस भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।
धन्यवाद। तपाईंहरूकै-नवराज पोखरेल रोमानिया

प्रतिक्रिया