नेपाली गीत संगीतमा गीतकार इन्दिरा चेम्जोङको आगमन लोकप्रिय गायक गायिकाहरुको साथमा अर्को जन्म” गीति संग्रह

इनेप्लिज २०७५ वैशाख ७ गते ११:०९ मा प्रकाशित

“अर्को जन्म” गीति संग्रह तयार पार्दाका सम्झनाहरु :
आजको मनोरन्जन तथा सांगीतिक दुनियामा म कसरी एक गीतकारको रुपमा उभिन्न सके त ?
गीत संगीतप्रति मेरो सानो उमेर हुदा भन्नाले करिब किशोर अवस्था भनौं या गीत संगीतलाई केहि बुझ्न र जान्न थाले पछि म ज्यादै नै चाख दिएर सुन्ने तथा सुन्न मन पराउथे | यसका साथै मलाई अरु कुराहरु इतिहासका कुरा लगायत : राष्टिय, अन्तर्राष्ट्रिय समाचारका (कुरा) मा पनि त्यतिकै जिज्ञासा लाग्दथ्यो | मेरो जन्म पूर्वी पहाडी जिल्ला धनकुटा, राजारानीमा भएको थियो | त्यो समयमा गीत सुन्ने तथा समाचार सुन्ने एउटै मात्र माध्यम भनेको रेडियो नेपाल मात्र थियो | हाम्रो घरमा पनि एउटा रेडियो थियो, म जहिले पनि समाचार सुन्ने र अनुरोध गरिएका गीत आउने समयमा म रेडियो नजिक गएर सुन्ने गर्दथे, भने शनिबार त झन रेडियो दिनभर मेरो साथमा हुने गर्दथ्यो | तर समय सधै एकनास नहुदो रहेछ | सामाजिक परिबन्द अनुसार घर व्यवहारमा ब्यस्त हुनु पर्यो | यसरी नै समय बिद्दै जादा मेरो गीतकार बन्ने नै कुनै उदेश्य त थिएन | तर पनि केहि वर्ष अघिदेखि गीत संगीतप्रति मेरो सोचमा परिवर्तन आयो | गीत संगीतप्रति केहि योगदान दिने सोच गरि, मनमनै धेरै सोच बिचार गर्न थाले | वास्तवमा भन्ने हो भने मानिसले आफनो मनमा जे छ, बाहिर अथवा आफनो नजिकको साथी र आफन्तलाई भन्ने, सुनाउने गरिन्छ | मैले पनि आफ्नो आफन्त र साथीभाइहरु सँग (जो गीत संगीतमा अनुभव भएकाहरुलाई) केहि सोध खोज र सल्लाह लिन थाले | सबै जनाले सकारात्मक सल्लाह नै दिए | जस अनुसार गीत लेख्ने निर्णय गरे | अनि गीत लेख्नु भन्दा अगाडी गीत संगीतप्रति केहि गृहकार्य गर्न उचित ठानी केही अध्ययन गरे |
(१) अहिलेका नेपाली गीत संगीतको बजारमा कस्ता गीतहरु दर्शक शोता माझ लोक प्रिय छन | (२)कुन कुन गायक, गायिका बजारमा चलेका छन | (३) कुन कुन संगीतकारहरुले बजार लिएका छ्न | यी विविध कुराको सारांसमा अध्ययन गरि गीत लेख्न सुरु गरे | २०१६ मे महिनाको करीब दोस्रो हप्ताबाट सुरु गरे | हुन त मेरो एउटा, दुई वटा गीत मात्र लेख्ने बिचार थियो | तर पछि लेख्दै जादा एल्बम नै निकाल्ने निर्णय गरी गीत लेखनमा तीव्रता दिन थाले | एल्बम पनि बजारमा चाडै निकाल्ने उदेश्ले एउटा गीत सकाउदै नेपालमा संगीत भर्न पठाए | एउटा गीतलाई तीन हप्ता, चार हप्ता र बढिमा डेढ महिना समय लगाएर करीब साढे चार महिनामा छ वटा गीत तयार पारे | यसको साथसाथै गीतको अडियो पनि तयार भो | अहिले यु ट्युबको जमाना भएकोले अडियो गीत मात्र बनाएर नपुग्दो रहेछ | यसैले भिडियो पनि बनाउन जरुरी पर्‍यो | अब एक दुई वटा गीतको मात्र भिडियो बनाउने कि सबैको सोचमा परियो | कुन गीतको मात्र बनाउने त? बनाउदा? सबै सृजना मेरो नै भएकोले मलाई सबै नै उतिकै राम्रो र प्यारो लाग्ने नै भो, जब कि बुवा र आमाले सबै सन्तान्लाइ बराबरी माया गर्छन | (कसैलाई काखा र पाखा गर्न सक्दैन) त्यस्तै त्यो उखान ममा पनि लागु भयो | आट गरी छ वटै गीतको (सबैको) भिडियो बनाउने निर्णय गरे | तीनवटा नेपालमा र तीनवटा न्युयोर्क, अमेरिकामा भिडियो सुटिङ गरिएको छ | “अर्को जन्म पाए भने” मेरो गीति संग्रह अर्को जन्मको शिर्षकको गीत मेरो जन्म घर राजारानी धनकुटामा लगेर भिडियो बनाएको छु | अर्को गीत ” तिमी आउने बाटो ” शिर्षकको पनि राजारानीमा नै भिडियो बनाएको छ | अरु तीनवटा यहाँ न्युयोर्कमा सुटिङ गरिएकोमा मेरो एउटा लिम्बु गीत पनि रहेको छ | लिम्बु गीतको म्युजिक भिडियो न्युयोर्क, अमेरिकामा बनाउने पहिलो गीतकार तथा निर्मात्री हुन पाउदा आफुलाई गर्वका साथै खुशी लागेको छ | यसैगरी अरु दुईवटा “हिजो जति माया ” र “पहिलो भेट्मै” बोलको गीत पनि यहाँ न्युयोर्कमा नै सुटिङ गरिएको हो | यो दुई गीतमा यहाँका रमणीय स्थान र विश्वका ब्यापारिक केन्द्र मानिन्ने मेन्हाटन शहरलाई राम्रो गरि चित्रण गरिएको छ | यो दुईवटा गीतको भिडियो सुटिङ्मा यहाँ न्युयोर्कमा रहेको नेपाली समुदायमा एकदमै विश्वासिलो चर्चित र पुरानो फोटोग्राफी र भिडियो कम्पनी मोक्तान डिजिटले सहयोग गरेका थिए |
हुन त कुनै पनि काम सजिलो र सहज त हुदैन | यति नै फरक हो कि त्यसलाई आफुले कसरी लिइन्छ | सहज या गाह्रो ? न्युयोर्कको बसाइ, सोमबारदेखि शुक्रबारसम्म डिउटीमा जानै पर्‍यो | बाकी रहेको दुई दिन छुट्टी पनि धेरै, थोरै सामाजिक काममा दिने गरेकोले समय ममा प्रसस्त त थिएन तर पनि (जहाँ इच्छा त्यहाँ उपाय ) भने झै, सामाजिक कार्यमा महत्वपुर्ण कार्यक्रममा बाहेक अरुमा मेरो उपस्थिती केहि समयको लागि अलिक कम गरे | डिउटी जादा (बाटोमा) ट्रेनमा होस या केहि फुर्सदमा, यहाँसम्मकी आफ्नो साथीभाइ र परिवारसँग पनि फोनमा छोटकरीमा मात्र कुरा गरे | अन्तत्व गीत लेखन कार्य सकिएपछि अरु काम भिडियो बनाउने, एल्बम कभर, आदि इत्यादी काम गर्नु धेरै नै थियो | नेपालमा फोन र पैसा पठाएको भरमा काम गर्नु त्यति सजिलो कुरा त होईन यो कुरा यहाँहरुलाई थाहा भएकै कुरा हो | तर भाग्यवस यहि क्षेत्रमा काम गर्ने मेरो जेठी दिदीको छोरा गायक तथा संगीतकार (राज शुक्र लिम्बु ) ले मेरो सबै नेपालको काम सम्हालि दिएको कारण पनि मैले यहाँ बसेर भनेको समयमा मेरो गीति संग्रह बिमोचन गर्न सके | यहाँ न्युयोर्कमा गरिएका र भएका कामहरुमा पनि मेरो आफन्त तथा साथीभाइहरुले जे गर्न सके त्यही काम उनीहरुले सकेको सबै काममा सहयोग गरे | जस्को कारण यहाँको कामहरु पनि समयमा नै गर्न सके |
यसरी सम्पूर्णको सहयोग पाएर नै गीत लेख्न सुरु गरेको एघारौ महिनामा मेरो गीति संग्रह बिमोचन गर्न सके | नेपाली अमेरिकन कलाकार संघको आयोजनामा नेपाली महावाणिज्यदूत न्युयोर्कका क्रिशु छेत्रीको प्रमुख आतिथ्यमा र संघका अध्यक्ष सुमन बुढामगरको अध्यक्षतामा बिमोचन कार्य सम्पन्न गरिएको थियो भने कार्यक्रम सन्चालन संस्थाका महासचिव अभय ढुङेलले गरेका थिए | कार्यक्रम भब्य र पूर्ण सफलताकासाथ सम्पन्न भएको थियो |
नेपाली अमेरिकन कलाकार संघको आयोजनामा बिमोचन कार्यक्रम गरेको भएपनि सम्पूर्ण व्बस्थापनको जिम्मा यहाँ न्युयोर्कमा रहेका मेरो आफन्त, भाइ लोक चेम्जोङ र भदा बुद्ध चेम्जोङ्ले सम्हालेका थिए, भने अरु सम्पूर्णले पनि सघाउ पगाउ गरेका थिए | यसरी गीत लेखनको एघारौ महिनामा छ वटा गीतको भिडियो सहित (अप्रिल १६,२०१७ ) हिमालयन याक रेस्टुरेन्ट, ज्याक्सन हाइट, न्युयोर्क अमेरिकामा गीतको बिमोचन कार्यक्रम सम्पन्न गरेको थिए | मेरो “अर्को जन्म” नामक गीति संग्रहमा समाबेस छ वटा गीत यसप्रकार छन |
अर्को जन्म पाए भने यो मेरो गीति संग्रहको शिर्ष गीत हो |
(१) अर्को जन्म पाए भने फेरी तिम्रै साथ रोजाउ
हामी दुबै मिलिजुली जिन्दगीका खुशी खोजाउ
यही पुजा यही मेरो कामना, चाहाना –
ब्रिक्ष भए वर पिपल, पङ्ची भए तङग पु :
आकाशका जुन तारालाई, ढुङ्गा र माटोलाई
सधै यही साथ मागुङ
फूल भए मसाइ पसाइ, ढुङ्गा भए पेन बेन लुङ
मरेपछि पुङ: सामा, भेट्न पाउ तागेरामा
सधै यहि साथ मागुङ
स्वर: दीपक लिम्बु, संगीत: तारा प्रकाश लिम्बु
भिडियो मोडेलहरु: (बिष्णु चेम्जोङ र निर्मल पुलामीमगर ) रहेका छन भने यो म्युजिक भिडियोमा देखाइएका घर जहाँ म जन्मेको हुर्केको हो |
(२) हिजो जति मायाँ :-
हिजो जति मायाँ गर्थिथ्थो, आज पनि त्यति पाए
तिम्रो साचो मायाँ सम्झि एक्लै घर घरी रोए
दोष हाम्रो के थियो र ? बैरी लाग्यो हाम्रो मायाँमा
साथ हाम्रो छुटे पछि चोखो मायाँ पर्‍यो छायाँमा
सङै जिउने बचन दिई तिमी गयौ टाढा
त्यसैले त मेरो मनमा बस्यो मायाँ गाढा
तिमी भन्छौ चखेवा झै नछुटिने जोडी बनौ
मुना मदनको जस्तै पिरतिको नया कथा रचौ
तर मलाइ लाग्दैन है तिम्रो मायाँ कमी
त्यसैले त रोइ दिन्छु यादहरुमा पनि
स्वर : अन्जु पन्त , संगीत : राजशुक्र लिम्बु
(भिडियो मोडेलहरु) आकेशा बिश्ट , इशान ढकाल र प्रजिता काफ्ले
(३) तिमी आउने बाटो:
तिमी आउने बाटो कुर्दै बसे दोबाटैमा
मिलनको आशा बोकी खुशी भए मनै मनमा
मुटुभरि मायाँ बोकी तिम्रै यादमा डुबी रहन्छु
कल्पनाको सन्सारमा तिम्रै साथ भई रहन्छु
प्रिय तिमी नजिक छैनौ धेरै धेरै टाढा
त्यसैले त हाम्रो मायाँ भयो झनझन गाढा
तिम्रो साथमा अहिले नै आउन मन लागि सक्यो नी
परिधीले बाटो सबै बन्द गरि सक्यो नी
प्रिय तिमी रिसाउछौ रिसाउदा नी राम्रो
त्यसैमा त लुकेको छ चोखो मायाँ हाम्रो
स्वर: मिलन अमात्य, संगीत: बाबुल गिरी
(भिडियो मोडलहरु) कविता लिम्बु र सागर लिम्बु
(४) छाडी गयौ निष्ठुरी :
छाडी गयौ निस्ठुरी छुट्यो साचो मायाँ
आफैसग बिरानो भो आज आफ्नै छायाँ
मायाँ गर्छु भन्दा भन्दै गयौ मलाई छोडी
हिडी रहेछु चारैतिर तिम्लाई खोजी खोजी
तिम्रो प्रेमपत्र अझै बेला बेला हेर्ने गर्छु
तिम्रै यादले अनायासै बर बराउने गर्छु
दोष मेरो के थियो र? बनाई दियौ पागल सारी
मैले देख्ने सपनीमा तिमी आउछौ सधै भरी
सायद मेरो भाग्य यस्तो धोका धोकै पाउछु
तिम्लाइ भुल्ने कोसिश गर्दै मठ मन्दिर धाउछु
स्वर : स्वरुप राज आचार्य, संगीत: राज शुक्र लिम्बु (भिडियो मोडेलहरु) जीबन, बिपना
(५) पहिलो भेटमै (युगल गीत):
पहिलो भेट्मै नजरैमा बस्यो मायाँ हाम्रो
यो मेरो नयनले तिमीलाई नै देख्यो राम्रो
चुनेको छु मेरो जीबनको सहयात्री तिमीलाई
यो मेरो दिलको सेरोफेरो देख्छु मात्र तिमीलाई
यति धेरै मायाँ दियौ सम्हालेर राखौला
पवित्र प्रेमको बन्धनले तिमीलाई नै बाधौला
तिम्रो साथ पाए औशी पनि पुर्णिामा झै देख्थे
तिमीसँग जिउन पाए सबै पीर ब्यथा भुलि दिन्थे
संसारिक सुख नपाए पनि मनको सुख त पाउथे
हाम्रो यात्रा कठिन भए पनि चित्त त बुझाउथे
स्वर : प्रमोद खरेल र मेलिना राई
(भिडियो मोडेलहरु) आकेशा बिष्ट, शौरम राज तुलाधर
(६) पोङमा यम याम्मो ( लिम्बु गीत ):
यो गीत मेरो अर्को जन्म पाए भने शिर्ष गीतकै लिम्बु भाषामा बनाइएको हो | नेपालीमा केटाको स्वर छ भने लिम्बुमा केटीको स्वर छ | यो गीतलाई लिम्बु भाषामा बनाउने र यो गीतको भिडियो निर्देशन लिला सिङगक लिम्बुले गर्नु भएको छ |
पोङ्मा यम याम्मो तानिभगर
आन्छिकन मिन्मिन चोत्लुङ थो केत्लारो
हिङ्मनरे कुगाप खोसिङ्निगार सोसोरिक
साङग्रम पेदाङ केत्लारो
लाभाक्नु पिरिम सिङ हेक्के अंम्बि मिम्मि दिङ
कापला, तङ्ग पु : हेक्के पुकाप्सा तङलारो
ताङसङ् चङ्थोबा लानाम हेक्के
सिङलानु लुङ्ला कुगापसा तङ्लारो
फूङ इक्काह हेक्के मसाइ नु पसाइ कुघेम्शिङ नु र
कन आन्छि थक्लान आजुनि पोङ्लारो
पेम बेन लुङ हेके सोसोरिक युङमा
तागेरा माङए मुइसो केत्तेओ
संगीत: इमाहाङ सेत्लिङ लिम्बु
स्वर: सिता सिङ्गक लिम्बु
(भिडियो मोडेलहरु) सुमित्र थेबे लिम्बु र सेहाङ नेम्बाङ लिम्बु
मेरो एल्बमको सम्पूर्ण गीतहरु यु ट्युबमा आइसकेका छन | मैले धेरै नाम चलेका र धेरै सस्क्रराइब भएका यु ट्युब कम्पनीहरुलाई गीत दिईन तर पनि जे जती मेरो गीतहरु हेरिदिनु सुनी दिनु भएको छ | या जति पनि भ्युवर बढेका छन् उहाँहरु मेरो आफ्नै दर्शक श्रोता हुनुहुन्छ | यसैले मलाई धेरै भ्युवर बढेना भनेर कुनै चिन्ता छैन | बिस्तारै मेरो दर्शक श्रोताहरुले मलाई मायाँ गर्नुहुन्छ भन्ने पूर्ण बिश्वासका साथ आशावादी छु | यस गीति संग्रह तयार पार्न सहयोग पुर्याउन हुने नेपाल तथा अमेरिकाका आफन्तजन, साथीसंगी, परिवारजनलाई फेरी पनि हृदय देखि धेरै धेरै धन्यवाद दिन चाहन्छु | साथै श्रोतागण, दर्शक महानुभावहरुलाई पनि मेरो गीत सुनी, हेरी दिनु भएकोमा हृदयदेखि आभारी छु र आगामी दिनमा पनि यसरी नै साथ दिनुहुन्छ भन्ने आशा राख्दै फेरी पनि सम्पूर्णमा धन्यवाद, सेवारो |

प्रतिक्रिया