बाल्टिमोर स्थित पशुपतिनाथ मन्दिर उद्घाटन छलफल कार्यक्रम सम्पन्न ,जुन महिनामा सप्ताह यज्ञ तथा मन्दिरको समुद्घाटन हुने

इनेप्लिज २०७५ वैशाख ७ गते १:४५ मा प्रकाशित

विजय थापा ,वाशिंगटन डिसी ,अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित पशुपतिनाथ मन्दिर उद्घाटन सूचना सत्र छलफल कार्यक्रम अक्षय तृतीयाको शुभ दिनमा उत्साहजनक सम्पन्न भएको छ ।

गत अप्रिल १८ तारिख बुधबार पशुपतिनाथ मन्दिरले आफ्ना भावी कार्यक्रम सप्ताह यज्ञ तथा मन्दिरको समुद्घाटन कार्यक्रम बारे जानकारी दिने उद्धेश्यले बाल्टिमोर क्षेत्र वरपर रहेका समाजका अगुवा तथा समाजसेवीहरुलाई भेला गरि सुझाव ,सल्लाह र परामर्श लिएको छ । मन्दिरले आगामी जुन १० देखि १६ तारिख सम्म सप्ताह महापुराण तथा जुन १७ तारिख पशुपतिनाथ मन्दिरको समुद्घाटन समारोह गर्ने भएको छ ।

भेलाले पशुपतिनाथ मन्दिरको आगामी जुन १७ का दिन हुने समुद्घाटन समारोहको संयोजकमा डा बिशाल भण्डारी तथा आगामी जुन १० देखि १६ सम्म हुने सप्ताह महापुराणको लागि श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दास संयोजकमा सर्वसम्मति द्वारा चयन भएका छन् ।

उक्त भेलामा समुदाय सदस्यहरुबाट रचनात्मक ,उत्साहजनक र उत्प्रेरणा मूलक सुझाव ,सल्लाह दिदै मन्दिर को लागि गर्नु पर्ने कर्तब्य तथा कुनै पनि प्रकारको आफूले सक्ने सहयोग दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

भेला भएका उपस्थित अतिथिहरुले व्यवहारिक कुरा स्पष्ट राख्नुको साथै मन्दिरका पदाधिकारीहरुलाई हौशला प्रदान गरेका थिए । उत्प्रेरणा मूलक आफ्ना अनुभव सुनाउनको साथै आर्थिक सहयोग समेत गरेका थिए ।

पशुपतिनाथ मन्दिर उद्घाटन सूचना सत्र कार्यक्रम बाल्टिमोर स्थित श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरमा सम्पन्न भएको थियो ।अस्थाई रुपमा रहेको श्री राधा गोविन्द मन्दिरको उत्तर तर्फ रहेको जग्गामा पशुपतिनाथ मन्दिर निर्माण गरिने जानकारी मन्दिर कार्यकारी सदस्य मानव चिकित्सक डा बिशाल भण्डारीले दिए।

कार्यक्रमको आरम्भ विधिवत मंगलाचरण बाट सुरु गरिएको थियो भने कार्यक्रम संचालन समितिका उप सभापति विश्वराज गौतमले गरेका थिए । गौतमले पशुपतिनाथ मन्दिरको बारेमा बोल्दै नेपालमा पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा आरधना गरिन्छ सत प्रतिसत त्यहि प्रकृयाबाट यहाँ पनि गर्ने प्रतिबद्धता गरिने बताए ।

कार्यकमको बारेमा बोल्दै डा भण्डारीले सन् २०१९ सम्ममा पशुपति नाथ मन्दिर बनाउने योजना रहेको बताउदै यसलाई सांस्कृतिक केन्द्रको रुपमा विस्तार गर्ने योजना रहेको बताए । मन्दिर संगै कृष्ण मन्दिर ,बुढानिलकण्ठ को मुर्ति ,बुद्धको पार्क शान्ति उद्यान ,माउन्ट कैलाश अतिथि गृह ,हरि ओम फूल बगैचा समेत बनाउने योजना रहेको जानकारी दिए । उनले आगामी जुन १७ तारिखमा अस्थाई रुपमा पशुपतिनाथ मन्दिरको उद्घाटन हुने बारेमा बताए ।

यसै गरि उक्त्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष जेदु पोख्रेलले यो मन्दिर छायामा परेको छ भन्दै यो मन्दिर अन्य ठाउँको घरमा रहेकोले मन्दिरका सभापतिले मेहनत गरेर आज यस अवस्थामा आई पुगेको बताए । उनले अगाडी भने नेपालको पशुपतिनाथ को जस्तै ,जस्ताको तस्तै प्रतिमा ल्याई सकेको बताउदै सवै मिलेर यसलाई विकास गराउन सघाउन अनुरोध गरे ।

कार्यक्रममा मन्तब्य राख्दै महा बाणिज्य दुत प्रेम राजा महतले आफ्ना तर्फ बाट कुनै पनि सर-सहयोग गर्ने बचन बद्धता दिएका छन् । उनले तीन चार बर्ष अगाडी डा बिशाल भण्डारीले पशुपतिनाथ मन्दिर सम्बन्धि जानकारी गराएको बताउदै त्यो बेलामा मन्दिर बनाउने कुनै पनि समुदायले पहल गरेका थिएनन भने । उनले यहाँ करकाप गरेर कसैलाई बोलाएको हैन भन्दै पशुपति नाथको ज्योतिर्लिङ्ग ल्याई सकेकोमा यो भन्दा ठुलो र हर्ष केही हुदैन भने । यसै गरि महतले महा पुराण तर्थ समुद्घाटन कार्यक्रममा सवैलाई उपस्थित हुन् समेत आग्रह गरेका छन् ।

मेरील्याण्ड शाखाका अध्यक्ष दुर्गा श्रेष्ठ ,बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ ,म्याग्दी समाज अमेरिकाका अध्यक्ष अमर छन्त्याल ,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त ,श्री राधा गोविन्द पशुपतिनाथ मन्दिर का योजना विकास समितिका सभापति श्रीकान्त नायकले मन्दिरको बारेमा चर्चा तथा आगामी कार्यक्रम बारेमा मन्तब्य राखेका थिए । सवै सहभागी वक्ताहरुले सहयोग तथा सहभागिता जनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा बिकाश गौतम तथा रिना केसी गौतम दम्पतिले $ ५ हजार ११ डलर नगद दिएका छन् भने उक्त रकम मुख्य शिव लिङ्ग मुर्ति को लागि प्रदान गरिएको हो । यसको साथै म्याग्दी समाज अमेरिकाका अध्यक्ष अमर छन्त्याल ,बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त लगायतले सवै प्रकारको सहयोग गर्ने बचन बद्धता दिनु को साथै आर्थिक सहयोग समेत गरेका थिए ।

बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त ले बाल्टिमोर मा पशुपतिनाथ मन्दिर हुने र शिव भगवानको स्मरण गर्दै आफूले बिहे नगर्दै शिवको व्रत लिएको चर्चा गर्दै व्रत लिएको १६ औ पटकमा आफ्नो बिहे भएको र सोमबार नै बिहेको लगन परेको घतलाग्दो छोटो स्मरण सुनाएकी थिइन् । उनले छोरीको जन्म दिवस परेकोले $ १ सय २५ डलर तथा अमर छन्त्यालले $ १ सय ५० डलर प्रदान गरेका थिए ।

कार्यक्रम को अन्त्यमा श्रीवास दास आशिर्वाद दिएका थिए भन्दै कार्यक्रममा आएका सबैलाई पशुपतिनाथ मन्दिर निर्माण क्षेत्र को अवलोकन गराइएको थियो । अन्त्यमाप्रदान गरिएको थियो ।

खुसीको कुरा बाल्टीमोर मा अर्को मन्दिर : बाल्टीमोर स्थित श्री राधा गोविन्द पशुपतिनाथ मन्दिर उद्घाटन सूचना सत्र कार्यक्रमको प्रत्यक्ष प्रसारण : विजय थापा

Posted by Enepalese on Wednesday, April 18, 2018

प्रतिक्रिया