बिहीबार, कार्तिक १ २०७५
काठमाडौं ०४:०९
वासिङटन डिसी 18:24

कागजपत्र अमेरिकनलाई निशुल्क कानुनी सेवा सुभारम्भ

इनेप्लिज २०७५ वैशाख ४ गते १:४८ मा प्रकाशित
लसएन्जलस । परिवर्तन हुँदै गरेको अमेरिकी अध्यागमन कानुनको मारमा परेका कागजपत्र बिहीन अमेरकीहरुलाई निशुल्क कानुनी सेवाको सुरुवात गरिएको छ । www.usimmigrationupdate.com ‘Integration Through Media’ को लोकार्पणको अवसरमा दक्षिण एशियाली समुदायको हितमा क्रियाशील सामाजिक संस्था साहाराको सहकार्यमा अध्यागमन कानुनको मारमा परेका कागजपत्र बिहीन अमेरकीहरुलाई निशुल्क कानुनी सेवाको सुरुवात गरिएको हो ।
 www.usimmigrationupdate.com ‘Integration Through Media’ को लोकार्पण समारोहमा साहारा सभापति वृन्दा गान्धीले अमेरिकामा बसोबास गर्ने नेपाली र दक्षिण एशियाली समुदायको सुरक्षित अमेरिकी भविष्यको लागि निशुल्क कानुनी सेवाको घोषणा गर्नु भएको हो । एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले भने, ‘नेपाली अमेरिकनको हितमा निशुल्क कानुनी सेवाको लागि www.usimmigrationupdate.com ‘Integration Through Media’ संग सहकार्य गर्दै छौ ।
  www.usimmigrationupdate.com ‘Integration Through Media’ का सम्पादक एवं संचारकर्मी पुरुषोत्तम ढकालले भने, ‘अमेरिकी अध्यागमन कानुनको मारमा परेका कागजपत्र बिहीन अमेरकीहरुलाई मार्फत निशुल्क अध्यागमन कानुनी सेवा दिन र अमेरिकी भूमिमा समाजिकिरण गर्न आवश्यक सवै सूचना र समाचार निरन्तर पस्किने छौ ।’
आइतवार लसएन्जलसमा आयोजित www.usimmigrationupdate.com ‘Integration Through Media’ को लोकार्पण समारोहका प्रमुख अतिथि नेपालका लागि अमेरिकी वाणिज्यदूत ऋषि ढकालले भने अमेरिकी भूमिमा बसेर अमेरिकालाई माया गर्दै आफ्नो भविष्य सुरक्षित गर्ने सामाजिकीकरणको लागि सुरु गरिएको यो सार्थक प्रयासलाई सुभकामना । कानुनाव्यावासयी एवं अधिकारकर्मी फ्रियाना साहारुखले भनिन, ‘आप्रवाशीहरु अमेरिकन समुदायको  समाजिकिकिरणको
लागि www.nepal24hours.comwww.usimmigrationupdate.com ‘Integration Through Media’ले निरन्तर पुर्याएको योगदान अतुलनिय छ र हामी www.usimmigrationupdate.com‘Integration Through Media’ मार्फत निशुल्क कानुनी सेवाको सहकार्य गर्दै छौ ।
आइतवार लसएन्जलसमा आयोजित को लोकार्पण समारोहका प्रमुख अतिथि नेपालका लागि अमेरिकी वाणिज्यदूत ऋषि ढकालले भने अमेरिकी भूमिमा बसेर अमेरिकालाई माया गर्दै आफ्नो भविष्य सुरक्षित गर्ने सामाजिकीकरणको लागि सुरु गरिएको यो सार्थक प्रयासलाई सुभकामना । समारोहमा छोटो प्रतिक्रिया दिदैं नेपालका अवैतनिक पर्यटनदुत ‘प्राचार्य’ रामेश्वर भण्डारीले भने, ‘अमेरिकी सपनामा कानुनी हैसियत खोजिरहेका कागजपत्र बिहीन अमेरकीहरुलाई संबोधन गर्ने यो प्रयास सुखद खवर हो । ‘ कानुनाव्यावासयी राजन ढुंगानाको सब्दमा अमेरिकालाई मायाँ गर बस्ने बसोबासको हक अमरिकाले ढिलो चाडो दिन्छ । सीपिए राज्नेद्र सिवाकोटीको जोड थियो करका दरहरु परिवर्तन हुँदै गर्ला होला तर अमेरिका तिम्रो भविष्य हो,  कर तिर भविष्य सुरक्षित गर । एन २४ को अर्को प्रस्तुति www.usimmigrationupdate.com ‘Integration Through Media’को तर्फबाट परिवर्तित अमेरिकी अध्यागमन कानुन, चुनौती र अवसर विषयक गोष्ठीमा अगुवा नेपाली अमेरिकन शारदा श्रेष्ठले भनिन, ‘हाम्रो भविष्य अमेरिका हो र हामीलाई इज्जत सहित संबोधन गर्नु पर्यो किनकि हामी अमेरिकी सपनामा बाँची रहेका छौ ।’ समारोहमा एशियन अमेरिकन अभियन्ताहरुलाई सम्मान गरिएको थियो । समारोहमा, भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय पाटिल, आर्टेशिया च्याम्बरका परिमल शाह, अगुवा नेपाली अमेरिकन सम्भु ढुंगाना, भक्त थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया