नेपालीको आँट, ५० मिटर अग्लो झरना बाट हाम फाल्दै (भिडियो)

इनेप्लिज २०७५ वैशाख ३ गते १०:४५ मा प्रकाशित

अन्नपुर्ण गाउपालिकाको बिरेठाँटीमा आयोजित प्रथम राष्ट्रिय क्यानोनिङ्ग प्रतियोगिता सम्पन्न भएको छ। बिरेठाँटी क्यानोनिङ्ग, रेस्टुरेन्ट एण्ड बारको आयोजना र पोखरा क्यानोनिङ्ग प्रा. लि. कास्कीको सहआयोजनामा भएको प्रतियोगितामा देश भरि बाट ४० जना भन्दा बढि प्रतियोगीहरुले सहभागिता जनाएको थियो।

५० मिटर अग्लो झरनामा गरिएको उक्त प्रतियोगितामा सुनिल गुरुङ्गले ४ मिनेट २६ सेकेण्डमा ‘नट पास अप’ दुरी पार गरि प्रथम स्थान हात पार्न सफल भएको थियो त्यस्तै अतिति गुरुङ्गले ५ मिनेट ३४ सेकेण्ड र ५ मिनेट ५९ सेकेण्डमा उकालो दुरी पार गरेर दोस्रो र तेस्रो स्थान हात पार्न सफल भएका थिए।

प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका थिए। अत्यन्तै सहासिक मानिने क्यानोनिङ्गको हामीले भिडियो छायांकन समेत गरेका छौं। यो भिडियो हेरेर देशको पर्यटन प्रवर्दन र यस्ता खाले खेलहरुको प्रवर्दनका लागि सक्दो सेयर गरिदुनु हुन अनुरोध गर्दछौं।

भिडियो।

प्रतिक्रिया