बुधबार, पुष ४ २०७५
काठमाडौं ०१:१६
वासिङटन डिसी 14:31

अमेरिकाको विन्चेस्टर स्टेफेन्सिटीमा नेपाली नयाँ बर्ष २०७५ स्वागत तथा साँस्कृतिक साँझ सम्पन्न

इनेप्लिज २०७५ वैशाख ३ गते २:२२ मा प्रकाशित

अमेरिकाको विन्चेस्टर शहर नजिक स्टेफेन्सिटीमा नेपाली नयाँ बर्ष २०७५ का अबसरमा यहाँ वरपर बस्ने नेपालीहरुको उपस्थितिमा नयाँ बर्ष स्वागत तथा साँस्कृतिक साँझ सम्पन्न भएको छ । नेपाली र भारतीय समुदायको उपस्थितिमा सम्पन्न कार्यक्रममा लोक दोहोरी गायक रामप्रसाद खनाल, नेपडक बेन्डका डा. सुरेश बस्नेत, डा. अनिल सुवाल, गायक सुगन्ध श्रेष्ठ, दिलीप नेपाल, मोनिका माली, डा. राजु बिक, डा. सन्तोष नेपाल, रिभा सुबेदी, सुदन गैरे, अर्नब सुवाल लगायतले गीतहरु प्रस्तुत गर्नुभएको थियो भने सुस्मा खनाल, निर्मला गौतम, मोनिका माली, माया श्रेष्ठ, रानी बिक लगायत आदिको नाच प्रस्तुत थियो । कार्यक्रमको सुरुवातमा डा. गुण सुबेदीले स्वागत मन्तब्य राख्नुभएको थियो भने डा. राजेश सुबेदीले कार्यक्रमका   बारेमा जानकारी दिनुभएको थियो । डा. जुडी फ्रेडिकशन सुबेदी, सुमित सन्जेल, देबिका सुबेदीले कार्यक्रम सँचालन गर्नु भएको थियो ।
कार्यक्रमका केही तस्वीरहरु :

प्रतिक्रिया