नेपाली नयाँ बर्षमा टेक्ससको एचडीएनपीले घरवार बिहिनलाई त्रैमासिक खाना खुवायो

इनेप्लिज २०७५ वैशाख २ गते ११:०६ मा प्रकाशित

 

विजय थापा ,अप्रिल १४ ,एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर घरबार बिहिनलाई त्रैमासिक रुपमा खुवाउदै आएको खाना सफलता पूर्वक खुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

 

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले जानकारी दिए अनुसार करिव ४ सय ७५ भन्दा ज्यादा लाई खाना खुवाएको जनाएका छन् । आचार्य नेपाल गएको समयमा पशुपतिमा भिक्षा माग्ने जोगी ,असहाय ,घरबार बिहिन ,दुखिलाई शिव रात्रिको अवसरमा खाधान्न वितरण गरेका थिए ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई बिशेष सहयोग प्रदान गर्दै आएको छ ।


टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको लाई निरन्तरता दिएको छ ।

टेक्ससको फोर्ट वर्थ को युनिटी पार्कमा उक्त खाना खुवाइएको हो । उक्त कार्यक्रममा अफ्रिकन अमेरिकन ,नेपाली ,अमेरिकन ,फिलिपिन्स ,भारतीय मूलका ले स्वयम् सेवकको रुपमा सहयोग गरेका थिए ।

 

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया