टेक्सस ड्यालसमा ‘शत्रु गते’ तेश्रो हप्तामा प्रदर्शन भै रहेको

इनेप्लिज २०७५ वैशाख १ गते २:३३ मा प्रकाशित

विजय थापा , चर्चित कलाकार किरण केसी द्वारा निर्मित तथा प्रदीप भट्टराईको निर्देशन रहेको नेपाली चलचित्र ‘शत्रु गते टेक्सस ड्यालसमा ‘शत्रु गते’ तेश्रो हप्ता शानदार चलि रहेको छ ।

नेपाल मै चलचित्रको ब्यापक प्रचार प्रसार, चलचित्र आफैमा राम्रो तथा प्रसिद्ध कलाकारहरुको अभिनय रहेकोले टेक्सस ड्यालसमा राम्रो अवस्थामा चलिरहेको छ । अप्रिल १८ सम्म को लागि समय समेत तोकीएको छ ।

अप्रिल १४ तारिख १२:४० ,अप्रिल १५ मा ७:२५ साँझ ,अप्रिल १६ तारिख १२:४० दिउसो ,अप्रिल १७ तारिख ४:०५ बजे तथा अप्रिल १८ तारिख १०:०५ बजे हुने प्याट्रिक सुबेदीले बताएका छन ।

उनले अमेरिकामा नेपाली समुदाय समय मिलाएर आउनु पर्ने भएकोले समय मिलाएर आई रहेको र यो चलचित्र राम्रो चलि रहेको बताए । चलचित्र लोकराज अधिकारीको शब्द र टंक बुढाथोकिले संगीत रहेको गीतमा टंक र मिना निरौलाको स्वर रहेको छ ।

महजोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया