ताजा समाचार :अमेरिका द्वारा सिरियामा क्षेप्यास्त्र आक्रमण

इनेप्लिज २०७५ वैशाख १ गते १:५३ मा प्रकाशित

 

अप्रिल १३ ,अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले सिरियामा आक्रमण गर्न सेनालाई आदेश दिएका छन् । आज उनले उक्त आक्रमण गर्न आदेश दिएका हुन् ।

उनले शुक्रबार सांझ राष्ट्रका नाममा साँझ सम्बोधन गर्दै सिरियाका जनताले भोगी रहेका कष्टलाई आराम बनाउन हाम्रो प्रयास रहेको बताएका छन् । र ,उनले अमेरिक संग बेलायत र फ्रान्सले पनि सयुक्त रुपमा आक्रमण गर्ने भएको बताएका छन् ।

केहि समय अगाडी मात्र रसायन आक्रामणबाट बालबालिकाको मृत्यु तथा आम नागरिक माथि भएको ज्यादती माथि अमेरिकाले कदम चालेको  हो । सिरियाका राष्ट्रपति तानासाही अल आसादको बर्बरता तथा क्रुरताको बिरुद्ध बेलायत फ्रान्स र अमेरिकाले सयुक्त रुपमा कारवाही सुरु गरेको हो ।

आदेश दिने बित्तिकै सिरिया को राजधानी डेमसकसको आकाशमा ठुलो आवाज आएको फक्स न्युजमा समाचार छ । यस बर्ष सहित अमेरिकाले सिरिया बिरुद्ध दोश्रो पटक आक्रमण गरेको हो ।  आक्रमण सुरु भए पछि अमेरिकन नेताहरुको मिश्रित प्रतिकृया दिएका छन् । यसै गरि अमेरिकाका लागि रुसी राजदुतले अमेरिका तथा गठबन्धन लाई चेतावनी दिएका छन् ।

यसै गरि पेन्टागनले गत बर्ष अल आसद ले नटेरेको हुनाले यस पटक गठबन्धन संग भएकोले कडा हुने बताएका छन् ।

प्रतिक्रिया