काठमाडौँमा पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ चैत ३० गते ०:३५ मा प्रकाशित

दुवै मिर्गौला खराव भएका नेपालका पप सम्राट गायक ओम विक्रम विष्टको सहयोगार्थ नेपालमा कोषवृद्धि कार्यक्रम सम्पन्न भएको छ। काठमाडौको टुंडिखेलमा रिबेल इभेन्ट्सको आयोजना र बिग नाइट्स इभेन्ट्सको ब्यबस्थापनमा उक्त कार्यक्रम संपन्न भएको हो।

रिबेल इभेन्टका प्रबन्ध निर्देशक राजेश हमालले नेपाल सरकारले पप सम्राट गायक ओम विक्रम विष्टको सहयोगार्थ केही नगरेको कारण आफ्नो कंपनीले अमेरिकामा कोष वृद्धि कार्यक्रम गरेको लगतै नेपालमा पनि गरेको बताएका थिए ।

नेपालमा गत शनिवार गरिएको ओपन थियटर टुंडिखेलमा निःशुल्क प्रवेश कार्यक्रम गरिएको कारण दर्शकको प्रवेशवाट सहयोग संकलन हुन नसके पनि प्रायोजकको तर्फवाट संकलन हुने रकम ओम विक्रम विष्टको उपचार्थ सहयोग हस्तान्तरण गरिने हमालले बताएका छन् ।

नेपालमा भएको ओम विक्रम विष्ट कार्यक्रममा पुनम प्रधान, भीम तुलाधर, संजय श्रेष्ठ, जेम्स प्रधान, सचिन रौनियार, कविन्द्र श्रेष्ठ, प्रमोद निर्वाण, जोहेब मानन्धर, अशोसिन लामा, कमलमान सिंह, इथोज व्याण्ड, संजना श्रेष्ठ, रवि रिमाल, ज्योति घिमिरे, उदेश श्रेष्ठ, अभिषेक तामाङ, महादेव त्रिपाठी, सिर्जना खत्री, उलसन श्रेष्ठ, प्रभात रिमाल, हरिशरण लामिछाने, मानस राज, सुरज प्रताप सिंह, राज बराइली लगायतले प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया