श्रृंखला खतिवडा बनिन् मिस नेपाल २०१८

इनेप्लिज २०७४ चैत २९ गते १:०८ मा प्रकाशित

काठमाडौँ, २८ चैत । यो बर्षको ‘मिस नेपाल वर्ल्ड’को उपाधि श्रृंखला खतिवडाले जितेकी छिन् ।

काठमाडौँमा बुधबार राति सकिएको मिस नेपाल प्रतिस्पर्धामा हेटौंडाकी २२ वर्षीया खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जितेकी हुन् । २४ जना प्रतिस्पर्धी रहेकोमा प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भन्ने प्रश्नको उत्कृष्ट जबाफ दिँदै खतिवडा मिस नेपाल बनेकी हुन् ।

मनिता देवकोटा मिस नेपाल यूनिभर्स बनेकी छिन् । देवकोटाले नगद १ लाख नगद पनि प्राप्त गरिन् । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यसैगरी, ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितेकी छिन् । प्रियाले यसबर्ष ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यो उपाधिको साथमा उनले नगद १ लाख पुरस्कार पनि प्राप्त गरेकी छिन् ।

‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले हात पारिन् ।

यस्तो छ ताज विजेताको नामावली :  

१) ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा
२) मिस फ्रेन्डसिपः साहारा लामा
३) मिस फोटोजेनिकः महिमा सिंह
४) मिस पक्चुअलः लक्ष्मी पौडेल
५) मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
६) मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
७) मिस कन्फिडेन्टः आस्था साख
८) मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
९) मिस ग्ल्यामरः मनिता देवकोटा
१०) मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
११) मिस ट्यालेन्टः रोनाली अमात्य
१२) ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

प्रतिक्रिया