शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १२:१७
वासिङटन डिसी 02:32

प्रधानमन्त्री फर्कीएकै भोलीपल्ट भारतको सबैलाई चकित पार्ने धारणा, किन वोलीलाई यस्तो भन्यो भारतले(रिपोर्ट सहित)

इनेप्लिज २०७४ चैत २८ गते ३:०९ मा प्रकाशित
 भर्खर मात्र सम्माननिए प्रधानमन्त्री केपी शर्मा वोली भारतको भ्रमणबाट फर्कनु भएको छ l तर चीनसँगको नेपालको निकटताबाहेक अरु धेरै चासो नराख्ने भारतीय नेता, कुटनीतिज्ञ र पत्रकारहरुको जिज्ञासाको पाटो यसपटक अलि फराकिलो भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका क्रममा औपचारिक र अनौपचारिक कुरा गर्ने क्रममा उनीहरुले नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुसँग सोधेको प्रश्न थियो- ओली उहिलेका राजाहरुभन्दा पनि शक्तिशाली नेत बन्न लागेका हुन् ? ओली दिल्ली पुग्नुअघि नै नयाँदिल्लीको गुलमोह पार्कस्थित आफ्नै निवासमा कुरा गर्दै पूर्वभारतीय राजदूत रञ्जितरायले भनेका थिए- ओलीजी त राजा महेन्द्रभन्दा पनि शक्तिशाली बनेर निस्किए । पार्टी एकता गराउन सके भने उनी शताव्दीकै बलियो नेपाली नेता बन्न सक्छन् ।
केपी ओलीको यसपटकको भ्रमणका क्रममा दिल्लीमा भेटिएका नेपालबारे चासो राख्ने र जानकारी राख्नेहरुको प्रश्न ओलीको आशन्न चीन भ्रमण, पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण र ओली शक्तिशाली बन्दै गइरहेको सन्दर्भमै केन्दि्रत थिए । त्यसबाहेक उनीहरुले अब नेपाल भारत सम्बन्धमा कोर्ष करेक्सन हुन लागेको टिप्पणी गरे ।
हेर्नुहोस भिडियो रिपोर्ट भारतबाट फर्कन साथ यस्तो भन्छन् केपी वोलीको बारेमा जसले तपाईलाई पनि चकित बनाउने छ

प्रतिक्रिया