भर्जिनियामा ढिलो सवारी साधन हाक्ने २ हजार जनालाई जरिवाना

इनेप्लिज २०७४ चैत २८ गते २:०९ मा प्रकाशित

अप्रिल १० ,अमेरिकामा द्रुत गतिमा सवारी साधन कुदाउने चालकलाई दण्ड जरिवाना लगाईन्छ । अमेरिका यसरी जरिवाना बाट उठेको रकमले राज्यलाई निकै आर्थिक फाईदा पनि हुन्छ । अन्य श्रोत मध्ये मै जरिवाना पनि एक हो ।

डिसी क्षेत्र को भर्जिनिया राज्यमा द्रुत गतिमा मात्र हैन,ढिलो सवारी साधन कुदाएको भनि झन्डै दुई हजार चालक कारवाहीमा परेका छन् । अमेरिकाका राजमार्गका कुनै पनि देब्रे पथमा ढिलो कुदाउदा जरिवाना लाग्ने पनि हुन्छ । तर भर्जिनियामा देब्रे तर्फ कुदाउदा तोकेको गतिमा कुदाइएन भने अझ बढी जरिवाना स्वरुप दण्ड दिनु पर्ने हुन्छ ।

भर्जिनियाले राजमार्ग को देब्रे पथमा ढिलो सवारी साधन कुदाएको कारण $ एक सय डलर हजारौ चालकलाई गत बर्ष जुलाई देखि दिन थालेको छ । त्यति मात्र हैन एक पथ बाट अर्को पथमा (लेन ) जाने बाहेक दाहिने पथमा पनि ढिलो कुदाएमा जरिवाना तिर्नु पर्ने डब्लुटिओपी रेडियोले जनाएको छ । जरिवाना लगाउनु भन्दा पहिले सुस्त गतिमा सवारी साधन कुदाउन गैर कानुनी मानिन्थ्यो तर कुनै दण्ड प्राप्त गरिदैन थियो ।

डब्लुटिओपीका अनुसार गत बर्ष जुलाई देखि यस बर्ष अप्रिल ३ सम्म १६ हजारलाई अदालत बोलाएको उल्लेख गरेको छ । देब्रे पथमा सवारी साधन कुदाउने १ हजार ९ सय ५१ जना चालकलाई ढिलो कुदाए वापत तथा बीच या अन्य पथमा ढिलो कुदाउने १४ हजार ८ सय १५ चालकलाई जरिवाना दण्ड पूर्जी प्रहरीले दिएको छ । तर आश्चर्य को कुरा १ हजार ४ सय २ जना लाई दिइएको दण्ड पूर्जी खारेज गरेको छ ।

केहि समय अगाडी छिमेकी राज्य मेरिल्याण्डले भर्जिनिया भन्दा दोब्बर दण्ड लगाउने प्रस्ताव स्वीकार गरेता पनि व्यवस्थापिका/बिधानको कारण बीच मै फसेको डब्लुटिओ पी ले जनाएको छ ।

(AP Photo/Jose Luis Magana)

प्रतिक्रिया