बुधबार, पुष ४ २०७५
काठमाडौं ००:५६
वासिङटन डिसी 14:11

तपाई हामीलाई छक पार्ने ७ नम्बरे खेलाडीको खतरा सर्ट

इनेप्लिज २०७४ चैत २८ गते १:४४ मा प्रकाशित
आर्थिक सामाजिक खेलकुदको बिकास कृषि तथा पर्यटनको प्रवद्र्धन खैरेनीटार महोत्सब कला सस्कृतीको संरक्षण भन्ने मुल उद्द्घोस को साथ चैत्र ८ गते देखी १९ गते सम्म खैरेनीटार महोत्सब सन्चालन भएको थियो ।
महोत्सबमा चर्चित लोक तथा दोहोरी गायकहरु पशुपति शर्मा, बद्रि पंगेनी, रामजी खाँड, खुमन अधिकारी, राजन गुरुङ, बिष्णु खत्री, कृष्ण रेउले, शिव हमाल, प्रकाश सपुत, राजु ढकाल, तेजस रेग्मी, चन्द्र शर्मा, कृष्ण काफ्ले, प्रिती आले, सम्झना भण्डारी, सरिता कार्की, राधिका हमाल, कृष्ण गुरुङ्ग, कला लम्साल, रमीला न्योपाने, देवी घर्ती, भूमिका गिरी, शान्ति सुनार, सलिमा श्रेष्ठ र हास्य कलाकार शिवहरी बैरागी, देवीराम(भोकलाग्यो), मनिष घिमिरे, सुस्मीता परियार, पोख्रेली धुर्मुस र माग्ने बुढा लगायतको प्रस्तुती रहेको थियो ।
यस्तै महोत्सवका अन्य  आकर्षणहरुमा सांस्कृतिक झाँकी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं खरिद, धार्मिक एवं ऐतिहासीक स्थलहरुको पदयात्रा, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, कौरा नृत्य तथा गायन प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, अटोमोबाइल प्रदर्शनी तथा बिक्रि, बाल उद्यान तथा रमाईलो मेला, कन्सर्ट, पुष्प प्रदर्शनी तथा बिक्रि, घरेलु उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि, ताजा तरकारी, फलफूल प्रदर्शनी तथा खरिद बिक्रि, छेलो तथा तानडोरी प्रतियोगिता लगायतका कार्यक्रम रहेको छ ।

प्रतिक्रिया