मार्क जुकरवर्गलाई अमेरिकन कंग्रेस को कडा प्रश्न ,बयान भोलि पनि लिईने

इनेप्लिज २०७४ चैत २७ गते २३:०७ मा प्रकाशित

अप्रिल १० ,सामाजिक संजाल फेसबुक( मुहार पुस्तिका) का प्रमुख कार्यकारी अधिकारी मार्क जुकरवर्ग लाई अमेरिकन कंग्रेसमा कडा प्रश्नहरु गरि आच्छु आच्छु पारेका छन् । दुई घण्टा भन्दा ज्यादा समय सम्म भएको सुनुवाईमा अमेरिकन सिनेटरहरुले कटु आलोचना गरेका छन् ।

बयान भोलि अप्रिल ११ तारिख पनि लिईने छ । मंगलबार भएको सिनेटको सयुक्त न्यायिक तथा बाणिज्य समिति को बहसमा ३३ बर्षिय अर्बपति मार्क जुकरवर्ग लाई सभासदले विस्फोटक रुपमा ५ मिनेट को सवाल गरेका थिए ।

जुकरले यो मेरो गल्ति हो माफ भनि सार्वजनिक रुपमा भनि माफ मागी सकेका छन् । वाशिंगटन डिसी स्थित सांसद भवन ,क्यापिटल हिल मा बुधबार पुन : उपस्थिति हुने छन् ।

उनि माथि सन् २०१६ को निर्वाचन ताका फेसबुक मार्फत क्यामबृज एनालाइटिका को तथ्यांक चुहावट काण्डमा उनि माथि अत्यधिक दवाब हुने छ । विश्व कै सर्वाधिक सुरक्षा भएको सामाजिक संजाल तथा प्रतिष्ठानले निजि सूचनाहरु सुरक्षित गर्न नसकेको भन्दै कटु आलोचना को साथै कडा शब्दहरु प्रहार गरेका थिए

यस्तो काण्ड सतहमा आए पछि १८ महिना पछि जुकर वर्ग पहिलो पटक अमेरिकन कंग्रेसमा उपस्थिति भएका हुन् ।

प्रतिक्रिया