बिहीबार, कार्तिक १ २०७५
काठमाडौं ०४:०७
वासिङटन डिसी 18:22

च्याप्टर द्वारा स्वा. खड्काको शोकसभा सम्पन !

इनेप्लिज २०७४ चैत २७ गते १०:३७ मा प्रकाशित

न्यूयोर्क:-यही एप्रिल ७ तारीख, २०१८ का दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेस नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथा नेपाल सरकारका पूर्व मन्त्री स्वा. खुमबहादुर खड्का प्रति श्रन्द्धान्जली अर्पण गर्दै, एक शोकसभाको आयोजना सम्पन्न गरेको छ ।

प्रमुख अथितिको रूपमा बोल्दै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रीमती महालक्ष्मी उपाध्याय डिनाले स्वा. खुमबहादुर खड्का एक राष्ट्रवादी र विकास प्रेमी नेता भएको कुरा बताएका थिए । विकास गरेर मात्र हुदैन विकास गरेको महसुस जनतालाई दिलाउनु पर्छ भन्ने धारणा स्वा. खुमबहादुर खड्काको भएको र त्यही काँग्रेसले गरेका विकासहरूको महसुस नेपाली जनतालाई गराउन नसक्दा निर्वाचनमा काँग्रेसले ठुलो हार व्योहोरेको कुरा स्मरण गराउँदै, काँग्रेस नेत्री डिनाले स्वा. खड्का एक दुरदृष्टी भएको नेता बताएका थिए । गुट र उपगुटमा नगई बैचारीक सिदान्तको आधारमा कार्यगत एकता गरी अगाडि बड्नु पर्ने धारणा राख्दै नेत्री डिनाले, व्यक्तिको होईन संगठनको भईदिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

जनसम्पर्क समिति अमेरिकाको बारेमा बोल्दै प्रमुख अथिति डिनाले, हालको कार्यसमिति बिघटन नभएको मात्र अधिवेशन सम्बन्धित कुनै गतिविधि नगर्न परिपत्र पार्टीले गरेको कुरा बताएका थिए । अहिलेको काँग्रेसको विधानमा लेखिएका केहि कुराहरू काँग्रस कार्यकर्तालाई सम्झाउँदै, नेत्री डिनाले संगठनको अहिलेको अवस्थामा हुन सक्ने केहि विकल्पहरू समेत राखेका थिए ।

बिशेष अथितिको रूपमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं समितिका सभापति आनन्द बिष्टले , खुमबहादुर खड्का कार्यकर्तालाई औधी माया गर्ने राष्ट्र प्रेमी नेता भएको कुरा राखेका थिए ।नेपालमा भएको स्थानीय , प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका कारण संस्थाको अधिवेशन गर्न केहि ढिलाई भएको हुनाले निर्वाचित समितिले नै अधिवेशन गर्नु पर्ने धारणा बिष्टले राखेका थिए । अन्य संस्थाको अधिवेशनमा भाग लिन नेपाल सम्म जाने तर पार्टीको निर्देशनलाई वेवस्ता गरी नेपाल जान नसक्ने साथिहरू घेरै भएको र हाल उहाँहरूले नै संस्थाको बिरूद्दमा ठुलो स्वोरले कराउदा नैतिक रूपले नसुहाउँने कुरा सभापति बिष्टले राखेका थिए ।

अथिति नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले लोकतन्त्र प्राप्तिका अथक योद्धा स्वा. खुमबहादुर खड्का साहसी, निडर, एक कुशल संगठक र राष्ट्रवादी नेता भएको कुरा स्मरण गर्दै, उहाँ प्रति हार्दिक श्रद्धा सुमन अर्पण गरेका थिए । एक छुट्टै प्रशंगमा संगठनलाई संस्थागत ढंगले डेमोक्रेटिक नम्सको आधारमा परिचालन गर्नसके संस्थामा आफै विवाद कम हुदैं जाने बताउँदै, महासचिव नेम्बाङले त्यसका निमित्त पार्टीले विश्वभरका जनसम्पर्क समितिहरूको विधानमा एकरूपता ल्याउँनु पर्ने, पार्टीको केन्द्रीय अधिवेशनसंग क्यालेण्डर मिलाउँन संसारभरीका जनसम्पर्क समितिहरूको अधिवेशन एउटै समयमा गर्नुपर्ने र पार्टीको कृयाशील सतस्यता बितरणमा बिशेष ध्यान पुर्याई, विदेशी नागरिक लिएकाले कृयाशिल सदस्यता लिन पाउँने या नपाउँने बारेमा पार्टीको स्पष्ट धारणा सहित निर्देशन आउँनु पर्ने कुरा राखेका थिए । अन्त्यमा सिस्टम नबिगार्नका लागि अहिलेको निर्वाचित समितिलाई अधिवेशन मार्फत नेतृत्व हस्तान्तरण गर्नु पर्ने स्पष्ट धारणा समेत नेम्बाङले राखेका थिए ।

अन्य शोक मन्तव्य राख्नेहरूमा नेपाली काँग्रेसका नेता श्यामकाजी गुरुङ, नेजसस अमेरिकाका केन्द्रीय सदस्य द्वय सुन्दर गुरुङ, सुवास लामा, सल्लाहकार, हरीनारायण सापकोटा, एनआरएन आई सिसि सदस्य द्वय बन्दना कोईराला, गोमा सेन , कृष्ण पोख्रेल, शिव बाँनिया, पर्यटन दुत प्रदीप श्रेष्ठ , कमला प्रसाई, हरीस चन्द्र हमाल लगायत थिए ।

स्वा. खड्काको शोक सभा सकिए लगतै, न्यूयोर्क शहरको रिजउडमा निर्माण हुनलागेको सामुदायिक भबन तथा दुर्गा मन्दिरका लागि नेपाली जनसम्पर्क समिति अमेरिका द्धारा घोषणा गरिएको सहयोग रकम मध्ये पहिलो किस्ता वापत जम्मा $(८७५०.०० )आठहजार सात पचास डलर प्रमुख अथिति नेका केन्द्रीय सदस्य

महालक्ष्मी डिना उपाध्यायको हातबाट , दुर्गा मन्दीरको पण्डित द्वय हरीनारायण समकोटा र उद्वप शास्त्रीलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम संगठनका निम्न :-व्यक्तिहरूबाट संकलन गरीएको थियो।१.नवीन शेरचन २.आनन्द बिष्ट ३.मुनिन्द्र नेम्बाङ ४. रोशन ढुंगाना ५. महेश मल्ल ६. अमर तामाङ, ७. दुर्गेश कार्की ८. सोमनाथ हुँमागाई ९. शिव बाँनिया १०. गणेश बिष्ट ११. प्रविण गौतम १२. अनन्त सुवेदी, १३. श्यामकाजी गुरुङ १४. टक रूवाली १५. अनन्त न्यौपाने ।

ज्याक्सन हाईटको स्थानीय थकाली रेष्टुरेण्टमा आयोजित स्वा. खुमबहादुर खड्काको श्रद्धान्जली सभाको सभापतित्व नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका उपसभापति अमर तामाङले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव महेश मल्लले गरेका थिए ।

प्रतिक्रिया