सुन्दै आङ सिरिङ्ग हुने बिर गोर्खालिका ८ सत्य घटना !!

इनेप्लिज २०७४ चैत २६ गते २३:०२ मा प्रकाशित

बेलायतमा गोर्खाली सेनाले सेवा गर्न थालेको २ सय वर्ष भन्दा धेरै भयो यो बीचमा गोर्खा सैनिकको बहादुरीको वर्णनले अखबारहरु भरिए । ती मध्ये केहीले गोर्खा सैनिक कति भयानक हुन्छन् भन्ने बुझ्न केही घटनाहरु उल्लेख गरेका छन् । घटनामध्ये पनि ८ घटना यस्ता पनि छन् जसले गोर्खा सैनिकको बहादुरीका अगाडि जो कोही झुक्न बाध्य हुन्छ ।

सन १८१५ मा बेलायती सेनाले नेपालमाथि धावा बोल्यो । तर बेलायतीहरु गोर्खालीबाट सजिलै पराजित भए । त्यसपछि बेलायती सेनाका अधिकारीहरुले सोचे कि यदि गोर्खालीलो पराजित गर्न सकिदैन भने उनीहरुलाई आफ्नो सेनामा सामेल गर्न अवश्य सकिन्छ । त्यसपछि नेपाल र बेलायतबीच भएको शान्ति सम्झौतामा नेपाल गोर्खालीलाई बेलायती शाही सेनामा भर्ति हुने स्वीकृति दियो । त्यसपछि पहिलो र दोस्रोसहित गोर्खाली सेनाले कैयन युद्ध लडे । त्यस मध्येको फकल्याण्ड युद्ध त बेलायतीहरुले जीवनभर नबिर्सने युद्ध गोर्खालीले लडिदिए । अहिले गोर्खाली सेना यो ग्रहकै सबैभन्दा भयानक हुन्छन् भन्ने प्रमाणित भएको छ ।भिडियोमा हेर्नुहोस गोर्खाली सेनाका केही बहादुरीपूर्ण घटनाहरु जसले आजसम्म पनि नेपाली र गोर्खालीलाई बिरको रुपमा संसारमा चिनाएको छ.

प्रतिक्रिया