फोन ह्याक, फेसबुक ह्याक, नक्कली कल, फ्री वाई-फाई ह्याक कसरि हुन्छ र बच्ने उपायहरुको बारेमा अमेरिकाको न्युयोर्कमा प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ चैत २६ गते ०:४३ मा प्रकाशित

ध्रुव भण्डारी, अप्रिल ०८, २०१८ न्युयोर्क – नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले “साईबर अपराध र सुरक्षा” सम्बन्धी नि:शुल्क ४ घण्टे प्रशिक्षण कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । डा. रामहरी सुबेदी मार्फत दिइएको उक्त प्रशिक्षण कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विल्कुलै फरक ढाँचाबाट सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रमा प्रशिक्षक सुवेदीले वेब साइड, इमेल,भाईवर, फेसबुक लगायत अन्य इन्टरनेटको प्रयोगबाट हुनसक्ने साईबर अपराध र यसबाट बच्न सकिन्न उपायहरूको प्रयोगात्मक शिक्षा सहभागीलाई दिएका थिए । प्रश्नको जवाफ दिदैं डा. सुवेदीले नक्कली आईडी प्रयोग गरेर बनाइएका फेसबुक, भाईवर लगायतलाई सजिलो सङ्गले पत्तालगाउन सकिन्न र त्यसबाट गरिएका आपराधिक कृयाकलापलाई साईबर कानुन बमोजिम वकिल मार्फत हदैसम्मको कारबाही हुने समेत जानकारी दिएका थिए ।

29683615_10156137553191000_1718854914899526631_n.jpg

डा. सुवेदीले साईबर अपराध र सुरक्षा सम्बन्धी विगतका केही वर्ष देखि नेपालका सुरक्षा निकायका उच्यस्तरीय पदाधिकारीहरू, नेताहरू, निजामती कर्मचारीहरू, शिक्षक, विद्यार्थी लगायत नेपालका दुरदराजमा रहेका स्कुल र क्याम्पसहरूमा समेत गएर स्वयम् सेवकको रूपमा प्रशिक्षण दिइरहेका छन् । त्यतिमात्र नभएर अमेरिकामा बसोबास गर्ने नेपालहरूलाई पनि यस्ता खालको प्रशिक्षण कार्यक्रम दिन थालेको कुरा डा. सुवेदीले बताएका थिए ।

अनौपचारिक रूपमा उठेको प्रश्नको जवाफ दिँदै सहभागी वकिल वासु पुलाराले सामाजिक सञ्जाल मार्फत व्यक्ति विशेषलाई तोकेर गरिएका अति नराम्रा कुराहरू लाई मानहानीको मुद्दा समेत लाग्न सक्ने र त्यसको सजाय १५ वर्ष जेल र जरिवाना हुनसक्ने न्यु योर्क स्टेटको कानुन रहेको कुरा जानकारी गराएका थिए ।

सहभागीहरूले प्रशिक्षण पछि प्रतिक्रिया दिदैं, आफूहरूले यस कार्यक्रमबाट धेरै उत्कृष्ट ज्ञान/ शिक्षा हासिल गरेको बताउँदै, आयोजक र प्रशिक्षक डा. सुवेदीलाई पुन: यस्तै कार्यक्रम ल्याउँन आग्रह गर्दै, धेरै धन्यवाद दिएका थिए । यसका साथै सामाजिक सञ्जाल मार्फत तल्लो स्तरको गाली गलोज गर्ने, नक्कली समाचार र आईडी प्रयोग गरेर चरित्र हत्या गर्ने र कसैको परिवार र समग्र समाजलाई बिथोल्ने जस्ता गृणित कृयाकलापमा संलग्न जो कोही दोषीलाई सबै मिलेर कानुनी सजाय दिलाउन पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनेहरूमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्बाङ, केन्द्रीय सदस्य सुवास लामा, च्याप्टरका सभापति रोशन ढंगाना, उप-सभापति अमर

तामाङ, महासचिव महेश मल्ल, सचिव अनिल पाण्डे, सदस्य अग्नि ढकाल, तरुण दल अमेरिका शाखाका उपाध्यक्ष अनन्त सुवेदी, खेलाडी छेमांग तामाङ, समाज सेवी केशव राम राई, सूर्य लम्साल, भुवन अधिकारी, लगायत दर्जनौँ सहभागी थिए। सो प्रशिक्षण कार्यक्रमबाट प्रभावित बनेर, महासचिव मुनिन्द्र नेम्बाङ, खेलाडी छेमांग तामाङ, समाज सेवी सूर्य लम्साल, च्याप्टका सदस्य अग्नि ढकाल लगायतले यस्तो कार्यक्रम नेपालको आफ्नो ठाउँमा गराउँने निधो गरे ।

कार्यक्रमको फोटो, भिडियो पत्रकार बिष्णु प्रिया रिजालद्वारा खिचिएको थियो । अन्त्यमा भर्जिनियाबाट न्यु योर्क सम्म आएर यो प्रशिक्षण दिनुहुने डा. रामहरी सुवेदी र उहाँको टिमलाई नेपाली जनसम्पर्क समिति अमेरिका र च्याप्टरको तर्फबाट आभार प्रकट गर्दै विशेष धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया