डिसीमा ‘शत्रु गते’ को नयाँ किर्तिमान ,एकै समयमा एकै ठाउँमा दुई प्रदर्शन

इनेप्लिज २०७४ चैत २५ गते २२:५९ मा प्रकाशित

विजय थापा , अप्रिल ८ ,प्रसिद्ध कलाकार किरण केसी द्वारा निर्मित तथा प्रदीप भट्टराईको निर्देशन रहेको नेपाली चलचित्र ‘शत्रु गते’ डिसी क्षेत्रको भर्जिनियामा अपार सफलताको साथ प्रदर्शन भएको छ । यस पटक बिगतका सबै किर्तिमानलाई तोड्दै ‘शत्रु गते’ एकै समयमा एकै ठाउँमा दुई प्रदर्शन गरि नयाँ किर्तिमान गर्न सफल भएको छ ।

आयोजकले अपेक्षा गरे भन्दा नेपाली चलचित्रलाई माया गर्ने र हेर्न रुचाउने दर्शकहरु दुई गुना ज्यादा आए पछि आयोजक समस्यामा परे पछि बिकल्प खोज गरि समस्याको समधान गरेका थिए ।

नेपाल मै चलचित्रको ब्यापक प्रचार प्रसार, चलचित्र आफैमा राम्रो तथा प्रसिद्ध कलाकारहरु रहेकोले अप्रत्यासित रुपमा हुलका हुल दर्शक आए पछि पहिलो पटक डिसी क्षेत्रमा एकै पटक एकै समयमा दुई प्रदर्शन गरियो ।

चलचित्र सुरु हुनु एक घण्टा अगाडी तथा सुरु भै सके पछि पनि दर्शक आउने क्रम जारी रहेको तथा लाम लस्करको साथ आफ्ना परिवार ,अभिभावक ,बुवाआमा ,बालबालिका को साथ आएको अवस्थालाई मध्य नजर गर्दै आयोजकले तुरुन्तै एकै चलचित्र मन्दिर भित्र रहेको अर्को कक्षमा व्यवस्था गरेका थिए ।

डिसी नजिक रहेको उक्त चलचित्र मन्दिरमा दर्शक क्षमता करिव ३ सय ८० रहेता पनि करिव ६ सय दर्शक आएता पनि कसैले पनि घर निराशा भै घर फर्कनु परेन । सवैले चलचित्र हेर्न पाउन भनि अर्को बिकल्पको व्यवस्था गरिएको थियो । त्यति व्यवस्था गर्दा पनि अतिरिक्त कुर्सिको व्यवस्था गरिदा पनि केहि दर्शक उभिएर पनि हेरेका थिए ।

चलचित्रको आयोजना आरएनआर ग्रुप तथा केसी डान्स सेन्टरले गरेका थिए भने बिशेष सहयोगीको भूमिकामा सुरेश सापकोटा , कलाकार पुस्कर पन्त ,उद्धव उप्रेती ,दिपक शर्मा तथा स्वयम् सेवकरुपमा अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजाले गरेकी थिइन् ।

चलचित्रको लागि प्रायोजन डिसी क्षेत्रकि घर खरिद बिक्रि अभिकर्ता आइकन रियलटि को तर्फ बाट अन्जना बुढाथोकीले गरेकी थिइन् । आयोजकले दर्शक को मांग लाई मध्य नजर गर्दै आगामी अप्रिल २२ तारिखको दिन डिसी चलचित्र मन्दिरमा पुन प्रदर्शन गर्ने जानकारी सुरेश सापकोटाले दिएका छन् ।

चलचित्र आशा गरेको भन्दा ज्यादै दर्शक आएकोले आरएनआर समूहका रोशन पुरी तथा केसी डान्स सेन्टरका संस्थापक तथा कलाकार नविन केसी ले डिसी क्षेत्रमा नेपाली चलचित्र लाई माया गर्ने संख्या बढेकोले उत्साहित भएको बताए । यस्तो चलचित्र बन्नु पर्ने कुरामा समेत अपेक्षा गरेको बताए ।

यसै गरि बिशेष सहयोगी पुस्कर पन्त ,सुरेश सापकोटा ,स्वयम् सेवक रुपमा खटिएकी प्रभा भट्टराई देउजाले ईनेप्लिज संग खुशी हुदै यस्ता चलचित्र बनोस भनि कामना समेत गरेका छन ।

चलचित्र लोकराज अधिकारीको शब्द र टंक बुढाथोकिले संगीत रहेको गीतमा टंक र मिना निरौलाको स्वर रहेको छ ।

महजोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया