सलमान खान भारतमा जेल पर्दा नेपालमा यस्तो झड्का ! नेपालीको ८ करोड फस्ने सम्भावना

इनेप्लिज २०७४ चैत २२ गते २२:५७ मा प्रकाशित
बलिउड अभिनेता सलमान खान कृष्णसार शिकारको मुद्दामा ५ वर्षका लागि जेल गएका छन् । यदि उनलाई सुप्रिम कोर्टले धरौटीमा रिहा गरेन र पुरा अवधि जेल बस्नुपर्‍यो भने नेपालको शो रद्द हुनेछ । अहिलेसम्म ओडीसीले कार्यक्रमका लागि करिब आठ करोड खर्च गरिसकेको छ ।
आठ करोडमध्ये पाँच करोड सलमानसहित १ सय १० भारतीय कलाकार र प्राविधिकहरुको खातामा जम्मा गरिएको पारिश्रमिक हो भने बाँकी नेपालमा गरिएको विज्ञापन, लजिस्टिक र अन्य व्यवस्थापकीय खर्च ।
सलमान जेल जाँदा ओडीसीको आठ करोड जोखिममा परेको छ ।

प्रतिक्रिया