गायिका विष्णु माझीले ‘याद मात्र’ आउछ गोपाल खत्रीलाई भनेपछि भिडियो सहित

इनेप्लिज २०७४ चैत २२ गते ११:०४ मा प्रकाशित

आर पोखरेल , काठमान्डौँ – नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक गोपाल खत्री र गायिका विष्णु माझीको सुमधुर आवाजमा सजिएको गित ‘ याद मात्र’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको र प्रेम भित्रको विछोडलाई शब्द चित्रको माध्यमबाट ‘ याद मात्रै’ मा सकारात्मक सन्देश दिने खालको प्रेरणादायि बास्तविक कथामा आधारित गीत लाई बजारमा ल्याएको ‘ याद मात्र’ गीतका रचनाकार शुनिल केसीले बताए । गीतमा गणेश अधिकारीको संगित रहेको उक्त गीतलाई विहीवार देखी बजारमा ल्याइएको छ ।
गीतको म्युजिक भिडियोमा अनु श्रेष्ठ र सुनिल श्रेष्ठ लगायतले अभिनय गरेका छन् । ‘ याद मात्र’गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया