गत अप्रिल ३ तारिखमा सल्लाहकारहरु गिरिश पोखरेल, आडछिरिड शेर्पा, योगेश उपाध्याय र तारा बरालको सहभागितामा बसेको नेपाल अमेरिका पत्रकार संघ, नेजाको सचिवालयको बैठकले छैठौ अधिवेशन तथा १२ औं साधारण सभा आगामी जुलाईमा सल्लाहकार योगेश उपाध्यायको संयोजकत्वमा आयोजना गर्ने निर्णय गरेको छ ।
अधिवेशनको मिति छिटै तोकिने कुराको जानकारी सल्लाहकार समेत रहनु भएका संयोजक उपाध्यायले दिनुभएको छ । यो निर्णयका सम्वन्धमा नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिलाई जानकारी गराईसकेको पनि नेजाका सवै सदस्यहरुमा सुचित गराईएको संस्थाका अध्यक्ष द्वारा जारी छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
अधिवेशनलाई लक्षित गरेर नयाँ सदस्यता र नविकरणको आवेदन खुला गरिएको छ । साथै आगामी जुन महिनाको पहिलो हप्ताभित्र आफ्नो सदस्यता नविकरण तथा नयाँ आवेदन दिइ सक्नु हुन समेत सम्पूर्ण पत्रकार साथीहरुलाई जानाकारी गराईएको छ ।
प्रतिक्रिया