युट्युब प्रधान कार्यालयमा संदिग्ध गोली चलाउने महिला को मृत्यु ,अन्य ३ घाइते

इनेप्लिज २०७४ चैत २० गते २३:३५ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सन ब्रुनो स्थित युट्युब प्रधान कार्यालयमा संदिग्ध गोली चलाउने महिला को मृत्यु भएको छ । साथै अन्य ३ घाइते भएको खबर छ ।

सन ब्रुनो प्रहरी प्रमुख एड बारबेर्निले पत्रकारहरुलाई आज मंगलबार अप्रिल ३ तारिखका दिन जानकारी दिएका हुन् । प्रहरी प्रमुखका अनुसार उक्त मृतक महिलाले आफैले गोली दबाएको बताएका छन् ।

उक्त गोलिबारीमा ३६ बर्षियका पुरुषको अवस्था नाजुक रहेको छ भने ३२ बर्षिय महिला गम्भीर रहेको बताईएको छ । यसै गरि २७ बर्षिय महिला ठिकै अवस्थामा रहेको छ ।

युट्युब का एक कर्मचारीका अनुसार गोलीबारी हुँदा कसरी हुन्छ भवन बाहिर जति सक्दो चाडो निस्कन हतार भएको बताएकी थिइन् । उनले अगाडी भनिन उनि आफ्नो हाकिम संग दुर संचार प्रणाली(कन्फेरेन्स कल ) मा कुरा गर्दै गर्दा उनको हाकिमले गोलीको आवाज सुनेको र एक मानिसलाई गोली प्रहार गरिएको बताएका थिए ।

प्रत्यक्ष दर्शीका अनुसार पहिला दुई या तीन गोलीको आवाज सुनिएको थियो भने पछि १० गोलि को आवाज सुनिएको सीएनएनलाई बताएको समाचार सीएनएन ले लेखेको छ ।

गोलीबारी हुने बित्तिकै मानिस भवन अगाडी एक एक गरि जम्मा भएका थिए । यु ट्युब छेउ छाउका कैयौ सडक हरु बन्द गरिएको थियो भने युट्युब फेब्रुअरी २००५ मा स्थापना भएको थियो । सन् २००६ मै गुगलले एक अर्ब ६५ करोड डलर मा खरिद गरेको थियो ।

युट्युब प्रधान कार्यालय मा एघार सय कर्मचारी काम गर्दछन । सन् ब्रुनो सन फ्रान्सिस्को बाट करिव १३ माइल दक्षिणमा रहेको छ ।

प्रतिक्रिया