“फिटिक्कै नेपाली बोल्न नजान्ने बेंगोली गायिकाले गाइन नेपाली चलचित्रको यस्तो मिठो गीत [हेर्नुहोस् भिडियो]”===

इनेप्लिज २०७४ चैत २० गते ११:३० मा प्रकाशित

पिएनपिखबर। चर्चित एबम अग्रज कलाकार शिशिर राणाको निर्माण र निर्देशनमा बनेको चलचित्र ‘तिमी सँग’’मा साम्राज्ञी लक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ। त्रिकोणात्मक प्रेमसम्बन्धको विषयमा आधारित यस चलचित्र आगामी चैत्र २३ गतेबाट प्रदर्शनीमा आउन लागेको हो। यस चलचित्रलाई उपत्यकाभित्र बि.के फिल्मका गोपाल कायस्थले वितरण गर्नेछन् भने उपत्यका बाहिरको वितरणको जिम्मा भने डि.सि.एनले लिएको छ।

चलचित्रको कथा निर्देशक राणाले नै लेखेका हुन्। चलचित्रको छायाङ्कन काठमाडौँ, पोखरा, घान्द्रुक, पुनहिल लगायतका स्थानमा गरिएको छ। यो चलचित्र अन्नपुर्ण बेस क्याम्पमा छायांकन गरिएको पहिलो नेपाली चलचित्र हो, जहाँ प्रकृतिको अपार सौन्दर्यले पनि ट्रेलरमा छुट्टै माधुर्यता छरेको छ ।

चलचित्र “तिमि संग”को “मन मेरो चन्चले” बोलको गीत दर्शकले अत्याधिक रुचाइएको गीत हो। उक्त गीतमा करिश्मा मानन्धरले कम्मर मर्काएकी छिन्। दिपक पाठक र लावोनी चक्रवर्तीको आवाज रहेको गीतमा दिपक पाठकको शब्द रहेको छ । दिपक पाठक र रिदम कंडेलले संगीत रहेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । भिडियोमा करिश्मालाई साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन , आकाश श्रेष्ठ र अनुपम श्रेष्ठले साथ दिएका छन् ।

लावोनी चक्रवर्ती बेंगोली हुन्। नेपाली भाषा समेत उनलाई राम्रो सँग बोल्न आउँदैन। तर उनले गीतमा भने निकै मिठो स्वर दिएकी छिन्। उनको गायनलाई सबैले रुचाएका छन्। अहिले पनि उनलाई प्रष्ट नेपाली बोल्न असहज हुने उनी बताउछिन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया