न्यूयोर्क महापुराणमा बोल कबोल भएका रकम तथा सेरोफेरोमा अनुगमन बिशेष कार्यक्रम गरिने

इनेप्लिज २०७४ चैत २० गते १:०३ मा प्रकाशित

विजय थापा ,गत बर्ष रिजवुड नेपाली समाजले सामुदायिक तथा सांस्कृतिक भवन निर्माण हेतु आयोजना गरेको सप्ताह महापुराण अपार सफलता पूर्वक सम्पन्न भएको कुरा जग जाहेर छ ।

रिजवुड नेपाली समाजले पहिले देखि खरिद गरेको उक्त जग्गामा सामुदायिक भवन निर्माण गर्न नेपालबाट वाचन प्रवीण दिन बन्धु पोखरेल लाई झिकाई कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न गरेको थियो ।

उक्त महा पुराणमा व्यक्तिगत तथा संघ संस्थाको तर्फ बाट १ लाख डलर भन्दा पनि ज्यादा चन्दा दिने सार्बजनिक रुपमा घोषणा गरियो । तर करिव एक बर्ष बिति सक्दा पनि लाखौ लाख सार्वजनिक रुपमा बोल कबोल गर्ने कैयौ संघ/संस्थाले हालसम्म १ कन्चो नदिएको अवस्था पनि रहेको छ ।

एक बर्ष बिति सक्दा पनि के कति कारण बाट पैसा जुट्न सकेन ? अलिकति पनि दिन नसक्नु को पछाडी के कस्ता कारण छन् ? होश हवासमा दिएको रकम दिन किन आलटाल जस्तो गर्नु परेको अवस्था भै रहेको छ त ? कतै प्रतिस्प्रद्धा को लागि डाक बढाबढ गरेर हाल पछुताएको अवस्था त कतै हैन ?

यसै सेरोफेरोमा महापुराणमा बोल कबोल भएका रकम र यसैको सेरोफेरोमा अनुगमन गर्ने भएकोले आगामी अप्रिल ८ तारिख ११.३० बजेको प्रत्यक्ष प्रशारणको माध्यम बाट कार्यक्रम गरिने जानकारी संचारकर्मी सच्ची मैनालीले बताइन ।

मैनालीले अगाडी भनिन रिजवुड नेपाली समाजलाई छिटो भन्दा छिटो बोलेको रकम उठ्न सकोस र सामुदायिक भवन निर्माण समय मै गर्न सकोयोस भन्ने हेतुले अनुगमन गर्न आफू तयार भएको बताइन ।

संस्थाका सरोकारवाला तथा आमन्त्रित वक्ताहरुले पनि राम्रा कुराहरु पस्कनु हुन्छ भन्ने आफू ढुक्क लागेको मैनालीले बताईन । यसलाई समाज र समुदायले सकारात्मक रुपमा लिने छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताउदै बोले पछि पुर्याउनु पर्छ भन्ने हामी सबैको साझा समझदारी रहने हुनाले कार्यक्रमको पुरा तयारीमा रहेको उनले बताइन ।

उनले सवैलाई नकरात्मक नलिन हुन् अनुरोध गर्दै बरु कसरी यस्ता समस्याको समाधान गर्न सकिन्छ ,र अल्झिएको र दिनु पर्ने रकमको गाठोलाई कसरी फुकाएर रिजवुड नेपाली समाजको झोली भर्न सकिन्छ भन्ने कुरामा सल्लाह ,सुझावको लागि कार्यक्रममा सहभागी हुन् अनुरोध गरेकी छिन् ।

साथै महापुराण को यो अनुगमन कार्यक्रममा अमेरिकाका धेरै राज्यका नेपाली समुदायको ध्यानाकर्षण भएको जानकारी प्राप्त समेत भएको र धेरैको चासोको बिषय भएकोले आफूले सामाजिक दायित्व लिएकोले उत्साहित पनि रहेको मैनालीले बताईन । कार्यक्रम को प्रत्यक्ष प्रसारण ईनेप्लिज ले गर्ने छ ।

प्रतिक्रिया