सबैलाई रुवाउँदै खरानी भए खुमबहादुर, आर्यघाटमा खुमबहादुरको अन्तिम बिदाई (भिडियो)

इनेप्लिज २०७४ चैत १८ गते २३:११ मा प्रकाशित
कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।  पशुपति आर्यघाटमा खड्कालाई सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । खड्का पूर्वगृहमन्त्री भएकाले सशस्त्रले सलामी दिएको हो । श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवासहित काँग्रेस नेताहरु, अन्य दलका नेताहरु तथा शूभचिन्तकहरु आर्यघाट पुगेका थिए ।
नेता खड्कालाई छोरा अनुरागले दागबत्ती दिनुभयो । शनिबार राती अबेर दिल्लीबाट ल्याएपछि खड्काको पार्थिव शरीर सानेपास्थित घरमा राखिएको थियो । खड्काको चैत १६ गते साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारमै रहँदा निधन भएको थियो ।

प्रतिक्रिया