चिन्ता दिनछोड्नुहोस, म चिन्ता लिनछोड्छु!!

इनेप्लिज २०७४ चैत १८ गते २२:०७ मा प्रकाशित

चिन्तारहित जीवन बिताउन कसलाई मन हुदैन? एकबारको जीन्दगी सबैजना हासीखुशी बिताउन चाहन्छन तर जीवन सोचेजस्तो सहज भने पक्कै छैन। जीन्दगीको यात्रामा कयौं उकाली ओराली आउछन् र त्यो सब भोग्दै र अनुभव बटुल्दै एकदिन यो यात्राबाट सबले बिदा लिनुपर्छ।

आज मैले उठाउन खोजेको विषय हो तनाव र चिन्ताबाट कसरी मुक्ति पाउने? तनावमुक्त जीवन भगवानले दिने बरदान होइन, जीवनलाई तनावमुक्त बनाउनुपर्छ, समस्यासगं संघर्ष गर्नुपर्छ,यो सबलाई थाहा भएको कुरा हो तर धेरैलाई थाहा नहुन सक्छ, हामी जानीनजानी अरुलाई तनाव दिइरहेकाहुन्छौ जसको कारण हाम्रा धेरै नजिकका मान्छेहरु मानसिक रोगको शिकार हुने, कुलतमा फस्ने, आत्महत्या गर्ने लगायत अनेकौ घटना घट्छन्।

मानिसलाई तनाव हुनुको कारण वातावरणीय तत्वको ठुलो भुमिका हुन्छ। वातावरणीय तत्वहरु पारिवारिक कलह, अशान्ति, आर्थिक अभाव, रोजगारी सम्बन्धी समस्या वा ती समस्या जसको समाधान सहजरुपमा भेटिदैन। वास्तवमा मानिसलाई तनाव त्यतिबेला हुन्छ जतिबेला उसलाई गुमाउने डर हुन्छ। यो अवस्थामा हरेक व्यक्तिलाई साथ र परामर्शको जरुरत हुन्छ। परामर्श मानसिक तनाव हटाउने सबभन्दा राम्रो औषधी हो।

मान्छेको प्रकृति मै खाऊँ मै लाऊँ सुखसयल सब मै गरू भन्ने हुन्छ, आफ्नो स्वार्थ पुरा गर्न वा आफ्नो अहंम कायम राख्न मान्छे अरुको भावनामा व्यापार गर्नपुग्छ। भावनात्मक व्यापार परिवार, आफन्त, ईष्टमित्र गर्दै धेरै टाढाटाढा सम्म पुग्छ। पारिवारिक भावनात्मक व्यापारले तनाव बढाउन मन्द विषको काममा गर्छ, जब बाल्यकालबाट नै मानिसलाई तनाव दिन शुरु हुन्छ परिवारबाट। हरेक कुरा परिवारको इच्छा अनुसार चल्नुपर्छ, यदि तलमाथि भयोभने उसलाई घमण्डी, अटेरीको उपनाम दिइन्छ तर थोरै समाज मात्र यस्ता हुन्छ जहा अर्काको आत्मसम्मानलाई महत्वकासाथ हेरिन्छ। अर्काको आत्मसम्मानको रक्षा र सम्मान थोरै मात्रामा हुन्छ। मैले बोलेको शब्दले वा मैले गरेको व्यवहारले अरुको भावनामा ठेस लाग्नसक्छ वा उसको चित्त दुख्नसक्छ भन्ने चेतनालाई थोरैलाई हुन्छ र यसले अरुलाई मानसिक रोगी बनाईदिन्छ। त्यसैले बोल्नु भन्दा पहिले विचार गरौ, व्यवहार गर्नु पहिले सोचौ कतै हामी आफै हाम्रा आफन्तलाई मानसिक यातना त दिईरहेका छैनौं?

अर्को तर्फ सहनशीलताको पनि एउटा सिमा तोक्नुपर्छ। हरेक कुरा चुपचाप सहने बानीलाई छोड्नुपर्छ। यो संसारमा कुनैपनि समस्या छैन जसको समाधान हुदैन। तर हरेक कुरा चुपचाप सहने बानीले तपाईमाथि यातना थपिदैजान्छ। जुनकुरा आफुलाई मनपरेको छैन, जुनकुराले आफ्नो मानसिक अवस्थालाई बिथोलिरहेकोछ भने उक्त कुरामा तुरुन्तै प्रतिक्रया जनाई हाल्नुपर्छ। मनको कुरा तुरुन्तै खोल्नुपर्छ किनकि आफ्नो मनको कुरा आफुले नखोले अरु कसैले खोल्न पनि सक्दैन। चिन्ता लिन र चिन्ता दिन छोडौ। सकारात्मक सोच आफ्नोलागि जति स्वास्थकर छ त्यसको दोब्बर आफ्नो वरिपरिका व्यक्तिको लागी पनि स्वास्थकर छ।

प्रतिक्रिया