वाशिंटन डिसीमा विश्व नेवा: दिवस मनाइयो

इनेप्लिज २०७४ चैत १८ गते २१:५३ मा प्रकाशित
३१ मार्च, वाशिंटन डिसी
वर्ल्ड नेवा अर्गनाइजेसन अर्थात् ड्व्लू एन ओ को निर्णय र आव्हानमा विश्वभर विश्व नेवा: दिवस मनाइयो । वाशिंटन डिसी क्षेत्रका दुई नेवा संस्थाहरु एनपिपिए तथा एनओएले संयुक्त रुपमा विश्व नेवा: दिवस मनाए । फेयरफ्याक्सस्थित तन्दुरी नाइट्सको पार्टीहलमा विविध कार्यक्रमहरुको आयोजना गरिएको थियो । कार्यक्रमको शुरुमा आगन्तुकहरुलाई जेष्ठ नारिक तथा पासापुच अमेरिकायका संस्थापक राम मालाकारले टीका लगाईदिऐका थिए भने पार्टी हलको परिसरमा धीमे वाजा सहितको छोटो प्रोसेसन गरिएको थियो । तत्पश्चात औपचारिक कार्यक्रम शुरू गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै एनपिपिएका अध्यक्ष राजु जोशीले आफूले कार्यकाल शुरु गरे लगत्तै सवै संघ संस्थाहरुसँग मिलेर काम गर्ने र विशेष गरी एनओएसँग सहकार्य गर्ने उद्घोष गरेको सम्झना दिलाउँदै आगामि दिनमा पनि थप सहकार्य गर्ने वताउँदै आगामि वर्ष पनि विश्व नेवा: दिवस संयुक्त रुपमा मनाउने वताउनु भयो ।
त्यसै गरी एनओएका तर्फवाट प्रथम उपाध्यक्ष पुस्कर प्रजापतिले विश्व नेवा: दिवस साथसाथै मनाएर एकताको सन्देश गएको तथा नेवा: सँस्कृति प्रवर्धनमा यसले टेवा पुग्ने वताउनु भयो ।
सो समारोहलाई वर्ल्ड नेवा अर्गनाइजेसन अमेरिका च्याप्टरका कोषाध्यक्ष जयम्वु रञ्जित, वर्ल्ड नेवा अर्गनाइजेसन अमेरिका च्याप्टरका कार्यकारी सदस्य सरोज प्रजापती लगायतले आआफ्नो धारणा व्यक्त गर्नु भयो । साथै समारोहलाई राम मालाकारले पनि सम्वोधन गर्नु भएको थियो ।
तत्पश्चात शुरु भएको साँस्कृतिक कार्यक्रममा अदिता श्रेष्ठले नृत्य प्रस्तुत गरेकी थिइन् भने माधवी रञ्जितले वाँसुरी वादन प्रस्तुत गरेका थिए । त्यसै गरी सुजय श्रेष्ठ, प्रविन ताम्राकार, महिन्द्र प्रधान तथा सुशिल श्रेष्ठले गीत प्रस्तुत गरेका थिए ।  कार्यक्रममा पासा व्याण्डले विविध गीत संगीत प्रस्तुत गरेको थियो ।
साथै कवि दुर्गालाल श्रेष्ठको नयाँ नेवा गीत पनि सुनाइएको थियो ।
कार्यक्रमका सवैजसो वक्ताले काठमाडौंमा सडक विस्तारको नाममा नेपा: सँस्कृति र कलामाथि आक्रमण भैरहेको र शान्तिपूर्ण प्रदर्शनमा प्रहरी वलद्वारा प्रदर्शनकारीमाथि गरिएको कार्यवाहीको निन्दा गरिएको थियो साथै नेवा: समुदायमाथि भएको यो अतिक्रमण भोलि नेपालको अन्य समुदायमा पनि हुन सक्ने भएकोले सवैले यसको प्रतिरोध गर्नु पर्ने वताएका थिए ।
नेवारी खाजा समय वजी तथा विहानको खानाको समेत व्यवस्था भएको सो समारोह करिव ४ घण्टासम्म चलेको थियो ।
स।मरणीय छ, वर्ल्ड नेवा अर्गनाइजेसनले यसैवर्षदेखि मार्च महिनाको अन्तिम शनिवारलाई विश्व नेवा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । पहिलो वर्ष विशेष कार्यक्रमसहित काठमाडौंमा मनाइएको छ भने अमेरिकाका अरु शहर लगायत विश्वका विभिन्न मुलुकहरुमा समेत मानाइएका खवरहरु आएका छन् ।
 
(www.vpkonlinews.com को सौजन्य)

प्रतिक्रिया