भर्जिनियामा एवरेस्ट डिजाइनर्स कलेक्सन को प्रदर्शन अप्रिल ६ तारिखका दिन प्रारम्भ हुने

इनेप्लिज २०७४ चैत १८ गते १५:५७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्यानटिलि शहरमा आगामी अप्रिल ६ तारिख एवरेस्ट डिजाइनर्स कलेक्सन को प्रदर्शन प्रारम्भ हुने हुने भएको छ । उक्त प्रदर्शनमा नेपालमा निर्मित शुद्ध तथा असली ढाका बाट बनेका विभिन्न पोशाकहरु प्रदर्शनीमा राखिने छ ।

आयोजकले उक्त सामाग्रीहरु नेपाल बाट झिकाईएको जानकारी छन् । बिशेष गरि उक्त सामग्रीहरु हस्त निर्मित ,खादीका पोशाकहरु नेपालका दक्ष को साथै बोल्न र आफ्ना कुराहरु राख्न असमर्थ रहेका बाट बनाइएका हुन् ।

कार्यक्रममा बिशेष ढाका ,सारी,चोलो ,गर गहना तथा अन्य सामाग्रीहरु उक्त प्रदर्शनमा राखिने भएको जानकारी शृजना उप्रेतीले ईनेप्लिजलाई बताएकी छिन् । साथै उनीहरुले बनाएका सामाग्रीहरु र उनीहरु को शिप तथा कलालाई प्रोत्साहन गर्न उप्रेतीले सबैलाई अनुरोध गरेकी छिन् ।

उक्त प्रदर्शन आईसीई ,ग्लोबल इकोनोमिक फाउनडेसन तथा ग्लोबल नेपाल टिवी को सहकार्यमा हुने भएको छ । कार्यक्रम अप्रिल ६ तारिख साँझ ६ देखि ८ बजे सम्म हुने छ ।

प्रतिक्रिया