गायक पुष्कल शर्माको फेरी अर्को मार्मिक गीत “बेहुली बनी डोलीमा अन्मिदा” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७४ चैत १७ गते २०:०५ मा प्रकाशित
काठमान्डाँ: चैत्र १७
मान्छेका मनका भावहरु कतिपय अवस्थामा झताभुङग हुँदो रहेछ । आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुुतिमा रितु जिसी र कृष्ण ढुङगानाको मार्मिक गीत “बेहुली बनी डोलीमा तिमी अन्मिदा” बजारमा आएको छ ।
बाध्यताले पराइएको डोलीमा अन्मिदा नरमाइलो लागेको कुरा प्रेमीकाले प्रेमीलाई भनेकी छन। चर्चित गायक पुष्कल शर्मा र गायिका रितु जिसीको सुमधुर आवाज रहेको गीतमा जिवन भोगाईलाई चित्रण गरिएको छ । रितु जिसी र कृष्ण ढुङगानाको शब्द तथा कृष्ण ढुङगानाको लय सिर्जना रहेको छ । पछिल्लो समय चर्चामा रहेकी बविता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा आशा खड्का , बुद्धविर र इन्द्र दाहाल शिशिरको अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन ।

प्रतिक्रिया