शनिबार, कार्तिक १५ २०७७
काठमाडौं २३:३२
वासिङटन डिसी 13:47

डिसीमा ८ महिनाकी गर्भवती महिलालाई जबर्जस्ती छुँदा नग्न पुरुष लाई ३ बर्ष कारागार

इनेप्लिज २०७४ चैत १७ गते १२:२१ मा प्रकाशित

अमेरिकाका राजधानी वाशिंगटन डिसीको उत्तर पश्चिममा गत बर्ष ८ महिनाकी गर्भवती महिलालाई जबर्जस्ती छुँदा नग्न पुरुष लाई ३ बर्ष कारागारको सजाय सुनाइएको छ । उक्त घटना अमेरिकन कर अदालत को अगाडी घटेको सरकारले जनाएको छ ।

माइकल विलिएम्स नामक गरेका उक्त पुरुषलाई गत मार्च ३० तारिख शुक्रबार अदालतले फैसला सुनाएको हो भने उनलाई तृतीय श्रेणीको यौन दुर्व्यबहारको आरोप लगाईएको छ । साथै उनलाई थप ३ बर्ष निरीक्षणमा राखिने छ भने १० बर्ष सम्म आरोपीलाई यौन दोषीको रुपमा दर्ता गराउनु पर्ने छ ।

गत बर्ष मे ५ तारिख को दिन उक्त महिलाले २४ बर्षिय पूर्णरुपमा नग्न अवस्थामा वाशिंटन डिसी स्थित उत्तर पश्चिममा उक्त घटना गतेको संघीय एनबिसी ४ ले लेखेको छ । उनि भाग्ने कोसिस गर्दा उक्त पुरुषले समति जबर्जस्ती तानेको र फुटपाथमा तल लगेको उक्त महिलाले बताएकी थिइन् ।

प्रतिक्रिया