एरिजोनामा कार भित्र रहेका दुई बच्चा को मृत्यु भए पछि आमा गिरफ्तार

इनेप्लिज २०७४ चैत १५ गते ०:५८ मा प्रकाशित

अमेरिकाको एरिजोनामा कार भित्र रहेका दुई बच्चा को मृत्यु भए पछि आमालाई गिरफ्तार गरिएको छ । सम्भवत उनले हत्याको आरोपको सामना गर्नु पर्ने छ भने उनले आफ्ना बच्चाहरुलाई कार मै आफ्नो परिवारको घर बाहिर छोडे पछि मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

२० बर्षिय आमा ब्रिटनी भेलास क्वेज लाई गत मार्च २६ तारिखका दिन सोमबार राती प्रहरी अधिकारीहरुले गिरफ्तार गरेका थिए । १० महिनाका शिशु ब्रुकलिन तथा २ बर्षिय क्रिस्टोफर लाई पट्टिले बाधिएको अवस्थामा घर बाहिर एरिजोना को सानो शहरमा सवारी साधन भित्र फेला पारिएको थियो ।

पिनाल काउन्टीका प्रहरी अधिकारीका अनुसार यस्तो प्रकारको घटनास्थलमा प्रमाण फेला परेको छ कि कुनै बेईमानी खेल संलग्न भई दुई बच्चा मृत्यु भएको जनाएका छन् ।

उक्त घरमा बिगत दुई बर्ष देखि बिभिन्न अवस्थामा विभिन्न प्रकारका बिबादास्पद कुराहरु आउने गरेको प्रहरी प्रमुखले जनाएका छन् । एरिजोना बालबालिका सुरक्षा विभागले एक वक्तब्य निकाली यो दुखदायी घटना हो भने आमाको हेलचक्राई बाट घटना हुन् पुगेको र दुई पटक यस्ता सूचना प्राप्त गरेको बताएका छन् ।

आफ्नी आमा घर कि हजुर आमा बृद्ध भएको कारण उनलाई हेर विचार गर्न जाँदा बच्चाहरुलाई छोडेर गएको बहाना गरेकी छिन् भनि याहु न्युजले समाचार लेखेको छ । पहिला दुई पटक यस्ता बिषयमा अप्रयाप्त प्रमाणहरु को कारण आरोप गर्न र प्रमाण जुटाउन गाह्रो भएको समाचारमा लेखेको छ ।

प्रतिक्रिया