विरही रोल्पाली कान्छाको “खरको छानो” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७४ चैत १४ गते २२:१९ मा प्रकाशित

काठमान्डाँै , चैत्र १३
नेपाली लोकदोहोरी क्षेत्रमा रहेर नेपाली कला लाई सम्मान गदै आएको अमुल्य म्युजिक प्रालीले विरही रोल्पाली कान्छाको लोकदोहोरी सौगात “खरको छानो”को भिडियो युटुव मार्फत सार्वजनिक गरेको छ  । अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको अवस्थामा सो गीतमा पनि गरिबीको पिडालाई समेटिएको निमार्ण पक्षले जनाएको छ । आर्थिक आवस्था कमजोर हुनु र भाग्यले साथ नदिदाँ हजारौँ नेपालीहरु विदेशी भुमीमा रहेर आफनो घर परिवारको खुशीको लागी काम गर्न वाध्य भएको अवस्था लाई चित्रण गरेर गीत तयार पारेको गीतका सष्टा विष्णु अधिकारीले बताए । गायक लोक प्रेमी परियार र विरही रोल्पाली कान्छाको लोकदोहोरी गीत “खरको छानो”मा गरिवीको पिडा छ ।
गीतमा जिवनको कारुणिक दुखको भाव समेटिएको छ । विष्णु अधिकारीको शब्द तथा सागर लामाको को  लय गीतमा रहेको छ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा निकै सक्रिय विष्णु अधिकारी भिडियोलाई  निर्देशन  गरेका छन् । बासु न्यौपानेले छायाँकन , रमेश विक रसायली सम्पादन रहेको भिडियोमा प्रेम घिमिरे र नैना वत्स्यालको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?time_continue=1&v=Dv7C5vQovOc

प्रतिक्रिया