प्रवासका लेखकहरुले आफ्नो रचनाको पारिश्रमिक पाउनु पर्छ ; सुनिल मणी दाहाल

इनेप्लिज २०७४ चैत १४ गते १४:१४ मा प्रकाशित

प्रविधिको द्रुत बिकास सगै संचार क्षेत्रले ठुलो फटको मारेको छ । त्यसमा पनि सामाजिक संजालको लोकप्रियता र त्यसकोअत्याधिक प्रयोगले बिश्वलाई सानो बनाई दिएको छ । प्रवासमा रहेका नेपालीहरुको मात्रुभुमी प्रतीको तिर्सना मेटाउने प्रमुख माध्यम नै सामाजिक संजाल भएको छ । सामाजिक संजाल मार्फत आफ्ना भनाई, बिचार तथा गतिबिधीहरुलाई एक आपसमा प्रवाह गर्नेचलन बढदो छ ।

यसै बिकास क्रम सगै आफ्नो मात्रुभुमी नेपाललाई एक आपसमाजोडन प्रवासमा धेरै अनलाईन मिडियाहरु संचालन गरीएका छ्न । थोरै भए पनि छापा पत्रिका हरुको सन्ख्या क्रमिक्ररुपमा बढदो छ। प्रवासबाट संचालित प्राय अनलाईन मिडियाहरुमा स्थानिय गतिबिधीहरु लगायत नेपालका समाचारहरुलाई पहिलो प्राथमिकताका साथ प्रकाशन गरीन्छन ।

प्रवासमा नेपाली समुदायलाई स्थानिय गतिबिधीका साथै उनीहरुको आर्थिक , सामाजिक तथा बौधिक क्रियाकलापमा टेवा पुग्न सक्ने व्यापार,रोजगारी, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रहरूको सूचना तथा अन्य सामाजिक सेवाहरु सम्बन्धी सूचना प्रबाह गर्न मिडियाको ठुलो भूमिका हुन्छ । कम्तीमा यी कार्यहरु गर्न सकेमाउनीहरुको जिवनशैलीलाई सरल बनाउन , रोजगारी सृजना गर्न, आर्थिक अन्य क्रियाकलापहरूमा सक्रियता बढाउन तथा सामाजिक-आर्थिक रूपान्तरण गर्न यस माध्यमबाट योगदान पुग्नसक्छ । हालको समयमा सूचना प्रबाहको काम अ्लाईन मिडिया, टेलिभिजन र पत्रपत्रिकाहरुले गरेपनि प्रवासमा यी माध्यमहरुले ब्यबसाहिक रुप लिन सकेका छैनन । समाजिक सन्जालकोअत्याधिक प्रयोगले अनलाईन मिडियाहरुमा प्रकासित समाचारहरु बासी र अर्काको कपी पेस्ट अधिक हुने भएकाले पाठकहरुको रुची नयाँ लेख रचना तर्फ भएको पाईन्छ ।

अब त रेडियोको जमाना पनि गयो । सबै पाठकहरु स्मार्ट भएका छन । पाठकहरुले आफ्नो हातमा भएको स्मार्ट फोनमा एक क्लिक गर्ना साथ विश्वको खबर, लेख र रचनाहरु तुरुन्त थाहा पाउने सुबिधा पाएका छन । यस्तो सुबिधा प्रदानका लागी अनलाईन मिडियाहरुको भूमिकालाई नकार्न सकिदैन ।

प्रवासका अनलाईन मिडियाहरुमा अन्तराष्ट्रिय समाचार लगायतका गतिबिधीलाई धेरै कम मात्रामा प्रकाशन गरेको पाईन्छ । धेरै कमलेखकहरुले मात्र अन्तराष्ट्रिय गतिबिधीलाई अध्ययन गरेर, केलाएर्, बिश्लेषण गरेर लेख रचना प्रकाशन गरेको देखिन्छ ।यसो हुनुको कारणमा प्रवासमा पुर्णकालिन पत्रकारिता गर्ने बाताबरण अझै बनाउन नसक्नु, पत्रकारितालाई ब्यबसायीकरण गर्न नसक्नु तथा अन्तराष्ट्रियस्तरको अध्ययन र अनुभवको कमी र बिश्लेषण गर्न सक्ने अवस्थामा पुग्न नसक्नु हुन सक्छ ।

प्रवासमा लेखन र प्रकाशनका क्षेत्रमा उठने र उठाउनुपर्ने प्रश्नहरू धेरै छन् । चुनौती र सम्भावना पनि धेरै छन् । कपी पेस्टकोपत्रकारिता आफैमा चुनौती हो । आफ्नो दैनिकी चलाउनका लागी भरपर्दो पेसाको खोजीमा भौतारीनु पर्ने बाध्यताले नियमित लेखनमा समय निकाल्न नसक्नु र पूर्णकालिन पत्रकारितामा उभिन नसक्नु पनि अर्को चुनौति हो । भर्खरै बामे सर्दै गरेका प्रवासी मिडियाहरुको क्षेत्रमा अहिले नेपालबाट जे देखिएको छ त्यो यथार्थ होइन ।चमक–धमक र प्रचार बाजीका आधारमा प्रवासी अनलाईनमिडियाहरुको विकास भयो भन्न मिल्दैन । रहर र लहडका लागी नभएर पूर्णकालिन पत्रकारिताको बिकास गर्दै अनलाईन मिडियाहरुको ब्यबसायीकरण नगरुन्न्जेल प्रवासमा मिडियाको बिकास सम्भव छैन । तर, प्रवासमा नेपालीहरुको बढदो उपस्थितीले अन लाईन मिडियाहरुको स्थापना र सन्चालनलाई उत्साहजनक फटको मान्नु पर्दछ ।

प्रवासमा नेपालीले पत्रकारिता गरेर लेखनलाई मुख्य पेसा बनाएको सुनिएको छैन । त्यस्तै, लेखेर आफू र आफ्नो परिवार पाल्न सक्ने कुरा त कल्पना मात्र हो । अमेरिकाको प्रसँग लाई लिने हो भने फुल टायमको कुरा छाडौ नियमित लेख्ने नेपाली लेखकहरू समेतऔंलामा गन्न सकिने धेरै न्युन संख्यामा छन । जो छन् ती माहिरछन् –लेखनमा । जमेका छन् । तर एकाध बाहेक कसैले सुको पारिश्रमिक पाएका छैनन भने पनि हुन्छ ।

अनि अर्को पाटो, प्रवासमा अनलाईन मिडियाहरु दुखले चलेका छन । अधिकांस अनलाईन मिडियाहरुको भरपर्दो आर्थीक श्रोत छैन ।केहि मिडियाहरु दाताले दिएको चन्दा सहयोग र सानो बिज्ञापनको भरमा दर्ता र नविकरण खर्च सम्म उठाउन सक्ने हैसियत राख्दछ्न । तर, केहि चलेका अनलाईन पनि छन जो दुखले आफ्नो सामान्यप्रसासनिक खर्च सम्म धान्न सक्ने हैसियत राख्छन ।

एउटै समाचारहरु बिभिन्न मिडिया मार्फत प्राप्त हुने भएकोले पाठकहरुले अनलाईनहरुका समाचारलाई खासै महत्व दिन छाडेका छन । कुनै बिषय बस्तुलाई अध्ययन गरेर, बिश्लेषण गरेर लेखिएका लेख रचनाहरु एउटा मात्र मिडिया लाई दिइने भएकाले त्यस्ता लेख रचनाहरुको अध्ययनमा पाठकहरुले बिशेष रुची देखाउने गरेको पाईन्छ।

विकशित खुल्ला बजार प्रणालीमा उपभोक्ता नै सर्वोपरी मानिन्छन। मिडियाका हकमा पाठक नै उपभोक्ता हुन। जब तपाईले पस्किनेप्रकाशन सामाग्रीले पाठकहरुलाई सन्तुष्टी प्रदान गर्दछ तब मान्नुसतपाईको मिडिया चम्कियो । समाचारको कपी पेस्टले मिडिया चल्दैन भनेर अब अनलाईन मिडियाले सोच्ने बेला आएको छ । त्यसका लागी आफ्नो प्रकाशन सामाग्रीहरु गुणस्तरीय र पठनियहुनु आवस्यक छ । मिडियाका लागी त्यस्ता गुणस्तरीय र ताजाप्रकाशन सामाग्रीहरु लेखकहरुबाट मात्र प्राप्त हुन सक्दछ ।

अनलाईन मिडियाहरुको साख बचाउने र टेको दिने भनेकै लेखकहरु हुन। प्रवासमा मिडियाको कमजोर आर्थीक अवस्थालाई मध्यनजरगरी यी लेखकहरुले आफ्नो लेख रचना बापतको पारिश्रमिक पाएको सुनिएको छैन।
कमजोर आर्थीक अवस्थाका कारण अनलाईन मिडियाहरुले आफुलाई टेको दिने लेखकहरुको रचनाको मुल्य दिन नसके तापनि प्रोत्साहन स्वरुपको सानो पारिश्रमिक भए पनि प्रदान गर्दै उनीहरुको सहयोगको सम्मान गर्दा आफ्नो मिडियाको गुणस्तरमा बृद्दी भैपाठक सामु विश्वसनियता र सस्थाको प्रतिष्ठा समेत बढने छ ।

जव तपाई मुनाफाका लागी कम्पनी खोल्नु हुन्छ भने आर्थिक दायित्व बहन गर्न पनि तयार हुनु पर्दछ ।

त्यस्तै आफ्नो कम्पनीकोउपलब्धीबाट प्राप्त हुने मुनाफा र गुड्विलको हकदार पनि तपाई नैहुनु हुनेछ । मिडियाको स्थापनाका सुरुका दिनहरुमा आर्थीक कठिनाइ पर्न सक्दछ, त्यस अवस्थामा लेखकहरुलाई उनीहरुको परीश्रमको मूल्यको हिसाब राखी आफ्नो कम्पनीको सेयरमा थपगर्न सकिने अर्को बिकल्प पनी हुन सक्छ। यस प्रकारको सानोप्रयास र अठोटबाट प्रवासमा ब्यबसायिक पत्रकारिताको मार्ग खोल्न मद्दत मिल्छ कि?

प्रतिक्रिया