यस्तो बन्दैछ पोखरा अन्तराष्ट्रिय विमानस्थल, काठमाडौँ होइन अब पोखराबाटै विदेश उड्न तयार हुनुहोस (भिडियो सहित)

इनेप्लिज २०७४ चैत १३ गते १०:४९ मा प्रकाशित
पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण थालनी भएसंगै पोखरेलीहरु हर्षित भएका छन् । यसै सातादेखि चीनको सीएएमसी कम्पनिले हाल एक सय दश जना कर्मचारी बाट काम सुरु गरेसंगै पोखरेली उत्साही देखिएका हुन् ।
पर्यटन विकासका लागि अन्तराष्ट्रिय विमानस्थल चाहिने सुझाइएपछि तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पहलमा जग्गा अधिग्रहण सुरु भएको थियो । अन्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउ-जाउ गर्न सक्नेछन् ।
२५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउने-जाने ती विमानको यात्रु क्षमता १ सय ६० को सम्म हुनेछ । पोखराबाट प्रष्ट देखिने माछापुच्छ्रे को काखमा दर्जनौ डोजरले काम गरीरहेका छन् त्यहि माछापुच्छ्रे हेर्न विदेशबाट पोखरा ओर्लने दिनको प्रतिक्षा भैरहेको छ । हेर्नुहोस यसरी भैरहेको छ विमानस्थल निर्माणको काम

प्रतिक्रिया