अब २ वर्षमा नेपालमा रेल कुद्छ, नेपालको पानीजहाजले मान्छे ओसार्छ प्रधानमन्त्री ओली

इनेप्लिज २०७४ चैत १० गते ११:४३ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
२९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको शुक्रबार काठमाडौको भृकुटिमण्डपमा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले देश बनाउका लागि आफु संकल्पित रहेको भन्दै अब मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्योगी तथा व्यवसायीको मनोवल कमजोर हुन नदिने बताउँदै उहाँले आआफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो । सरकार नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै उहाँले काठमाडौँ उपत्यकामा रेल र २०७६ साल सम्ममा नेपालको पानी जहाज समुद्रमा चलाएर देखाउने धारणा राख्नुभयो ।
भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=-sMBQyReQsA

प्रतिक्रिया