विजय थापा ,सामाजिक संजालको फाईदा भन्दा पनि प्रयोगकर्ताले सामाजिक संजाल मुहार पुस्तिकामा ज्यादै झुन्डिदा ठुलो आपत पर्दछ । यति मात्र हैन धेरै कुराहरु गुमाउनु पर्ने अवस्था हुन्छ । मुहार पुस्तिकाको चस्का लागे पछि भात खान पनि बिर्सेर यसैमा झुन्डिने बानीले गर्दा नेपाली समुदायले कैयौले जागिरबाट हात धुनु परेको छ ।
यसमा नेपाली पुरुष तथा महिला दुवै पर्दछन । कहाँ कति खेर चलाउनु पर्छ भन्ने थाहा हुँदा हुदै नेपाल देखि नै लागेको बानीले अमेरिकामा भै रहेको जागिर एकै छिनमा चट भएका नवआगन्तुक तथा अमेरिका आएका पुरुष तथा महिलाहरु पर्ने गर्दछन ।
बुझ्नु पर्ने कुरा अमेरिकामा घन्टाको पैसा दिने देशले त्यस्तो कुरा सहदैन । अमेरिकामा काम या कार्यस्थलमा उत्पादक खोज्दछ । नेपाल जस्तो ढिला सुस्तीले अमेरिकामा चल्दैन ।
अमेरिका अनेक उपाय गरेर आएकाहरु कमाउन आएका हुन् । कमाउन आए पछि कार्यस्थलमा जति खेर पनि अनुहार कितावमा झुन्डिने लत तुरुन्तै छोड्नु पर्छ । अमेरिका बिरानो देश ,यहाँ गरेर खानेले माना रोपेर मुरी उब्जाउछ्न ।
अमेरिकामा काम गर्ने कार्यालय आफ्नो बुवा ,मामा ,काका ,बढ़ाबा ,ससुराली ,साला ,जेठान आदिको हुदैन । नहुने हैन ,नेपालीहरु अमेरिका भर ब्यबसाय तथा उद्योग समेत गरेर खाएका छन् । उनीहरुले पनि काम गर्ने छोडेर साहुलाई छलेर फेरी अनुहार पुस्तकमा घोप्टिने गरे तुरुन्तै जागिर जान्छ ।
साथीभाई ,मामा ,काका तथा ससुरालीको त्यस्तो ब्यबसाय भएता अनि साथीभाईले स्पष्ट संग साथी तिमी अनुहार कितावमा झुन्डिने रहेछौ ,मामाले पनि भान्जा तिमि अरु ठाउँमा जागिर खोज तथा ससुरालीले पनि ज्वाईसाब अरु ठाउँमा कम खोज्ने भनि भन्ने गर्छन ?
किनभने नगद या काम गरे वापत दिने रकम तथा तलव भनेको कम गर्नेलाई दिने हो । काममा आएको छैन अनुहार कितावमा घोप्टे पछि साहुले एकै छिन् पनि बाकि राख्दैनन् ।
हामिलाइ लाज हुनु पर्ने । नवागन्तुकहरुले ज्यादा यस्तो हर्कत देखाउदछ्न । लाखौ खर्च गरेर अमेरिका कमाउन आएका अरुले कमाएर मस्ती गरेका केहि महिला तथा पुरुष अमेरिकामा यस्तो प्रवृति देखाउदछन । जुन अपाच्य हुन्छ । काम दिए पछि काम गर्ने कि अनुहार कितावमा आफ्नै बुवा तथा आमाको घर झैँ गर्ने ।
सामजिक संजाल मुहार पुस्तिकामा २४ औ घन्टा झुन्डिने र घोप्टिने पुरुष तथा महिलालाई अमेरिकामा काममा एकैछिन् पनि राख्दैन। कुन समय र कहाँ अनुहार किताव चलाउने हो भने न हेक्का थाहा नपाउने पुरुष या महिलाले अमेरिकामा गरि खादैनन् ।
त्यस्तो चै नेपालमा कसैले कमाएर टन्न राखी दिएको अवस्थामा मात्र सम्भव हुन्छ । त्यस्ता जति खेर पनि सामाजिक संजालमा कार्यस्थलमा झुन्डिने ले अमेरिका नआए पनि हुन्छ
अमेरिका गरि खा भन्ने देश हो । कमाऊ र आर्थिक सम्वृद्धि गर भन्छ अमेरिकाले । कसैको सिफारिसमा काम दियो तर कम गर्नु भन्दा पनि सामाजिक संजाल अनुहार कितावमा साथीभाई आफन्त संग दिनभरि र पटक पटक झुन्डिने प्रसस्त नेपालीहरु पनि छन् । यस्तो व्यहोरा तुरुन्तै हटाउनु पर्छ । कि काम गर्ने कि घर जाने ,यो मात्र बिकल्प हुन्छ ।
यसै कारणले गर्दा अमेरिकाका अधिकांश कार्यस्थलमा सामाजिक संजाल मुहार पुस्तिका नै जडान गरेको हुदैन । अनुमति नै हुदैन । किनभने कार्यस्थल भनेको उत्पादकता दिने हो । अमेरिकामा झुक्याउन पाइदैन ।
सबै तिर चित्रग्राहिणी (क्यामेरा )) जडान भएको हुन्छ । तपाई कमाउन र आफ्ना परिवार लाई सह्य्प्ग गर्न आउनु भएको छ भने सामाजिक संजाल लाई काममा कहिले लत झैँ नबनाउनु नै उचित हुने छ । यसैमा तपाइलाई फाइदा हुनेछ ।
अमेरिकामा जागिरबाट निकाले राष्ट्रपतिले हस्तक्षेप गरे पनि जागिर बच्दैन । कसैले भनसुन गरे पनि जागिर जोगिदैन । सामाजिक संजालमा घोप्टिनु सकिन्छ तर त्यसको पनि बेला हुन्छ ,समय हुन्छ । आफ्नै बुवा आमाको कार्यस्थल झैँ गरे आफ्नै ससुरालीको कार्यस्थल या कार्यालय सम्झे तु-बर्खास्त हुइन्छ ।
समग्रमा यस्ता लत या कुलत लाई फ्याक्न जान्नु पर्छ । एक छिन् अनुहार किताव चलाईन भने प्राण जादैन । अनुहार किताव चलाईन भनेतपाईको टाउको दुख्दैन । अरुले कसरि कमाएर आफुलाई घण्टा को डलर दिएका छन् त्यो सोच्नु पर्ने हुन्छ ।
यस्ता आदत हामीसंग कतै पालेका छौ भने जरै देखि उखालेर फालौ । आफु बाचौ र अरुलाई पनि बचाऔ ।
प्रतिक्रिया