शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १८:११
वासिङटन डिसी 08:26

वाशिंटन डिसीमा वर्ल्ड नेवा डे ३१ मार्चमा मनाईंदै

इनेप्लिज २०७४ चैत १० गते २:३३ मा प्रकाशित
 विश्वदूत शर्मा २३ मार्च, वाशिंटन डिसी
वाशिंटन डिसी क्षेत्रमा कार्यशील २ नेवा संस्थाहरु एनपिपिए (नेपाल पासा पुच अमेरिकाए )तथा (एनओए _अर्थात नेवा अर्गनाइजेसन अफ अमेरिकाले वर्ल्ड नेवा अर्गनाइजेसनको आव्हानमा संयुक्त रुपमा आगामि मार्च ३१ का दिन शनिवार मेरिल्याण्डको गेथेसवर्गमा एक कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।
स्मरणीय छ, वर्ल्ड नेवा अर्गनाइजेसनले काठमाडौंमा अन्तरराष्ट्रिय रुपमा कार्यक्रम आयोजना गर्दैछ भने विश्वका विभिन्न मुलुकमा पनि कार्यक्रमहरु आयोजना हुँदै गरेको थाहा भएको छ ।
प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिवारलाई वर्ल्ड नेवा डे का रुपमा मनाउने यसै वर्ष वर्ल्ड नेवा अर्गनाइजेसनले निर्णय गरेको थियो र यो दिवस पहिलोपल्ट यसै वर्ष मनाउन लागिएको हो ।
विश्वपरिक्रमासँग कुरा गर्दै एनपिपिएका अध्यक्ष राजु जोशी तथा एनओएका अध्यक्ष वविता प्रधानले पहिलो वर्ष भएकोले र छोटो समयको अन्तरालमा कार्यक्रमको आयोजना गर्न लागिएकोले सामाजिक सद्भाव र साँस्कृतिकता झल्कने कार्यक्रम भएको वताउनु भयो ।
 (सौजन्य: vpkonlinenews.com)

प्रतिक्रिया