शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं २२:००
वासिङटन डिसी 12:15

भोलिवाद हट्नुपर्छः शिक्षामन्त्री

इनेप्लिज २०७४ चैत ९ गते १३:३५ मा प्रकाशित

बर्दिवास, ९ चैत : शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनतालाई सुशासनको प्रत्याभूति गराउनु वर्र्तमान सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले गरेको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले सुशासनका लागि सरकारका सबै अंगका कामलाई विज्ञान र प्रविधि क्षेत्रका पछिल्ला उपलब्धिसँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “काम लिएर आउने जनताको नमस्कार खाएर उनीहरूलाई ‘भोलि आउनू’ भनिने चलन सधैंलाई हटाउनुपर्छ” मन्त्री पोखरेलले भन्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख विदुरकुमार कार्की, उपप्रमुख कृष्णमाया गौतम र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलसहितका स्थानीय प्रतिनिधि र अधिकारीले मन्त्री पोखरेललाई सम्मान गर्नुभएको थियो । मन्त्री पोखरेलले आजै जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाकासहित चार एसइइ (माध्यमिक शिक्षा परीक्षा) परीक्षा केन्द्रको अनुगमन गर्नुभयो ।

प्रतिक्रिया