अमेरिकन कंग्रेस द्वारा $ १.३ खर्ब डलर को खर्च बिधेयक पारित ,संघीय सरकार बन्द हुन् बाट जोगियो

इनेप्लिज २०७४ चैत ९ गते १०:४८ मा प्रकाशित

अमेरिकाको दुवै सदन बाट $ १.३ खर्ब डलर को खर्च बिधेयक पारित भएको छ । र मार्च २३ तारिख मध्ये राती सम्म पारित नभएको भए संघीय सरकार बन्द हुने अवस्था बाट जोगिएको छ । र अर्को ६ महिना सेप्टेम्बर सम्म को लागि खर्च बिधेयेक ले काम गर्ने छ ।

उक्त बिधेयक सेना तथा घरेलु को लागि खर्च गरिने छ । सिनेटरले उक्त बिधेयक ६५-३२ ले पारित सेप्टेम्बर ३० सम्मको लागि पारित गरेका हुन् ।

यसै गरे तल्लो सदनमा उक्त बिल सम्बन्धि भएको मतदानमा २६७-१६७ ले पारित गरेको थियो । २३ सय लामो पृष्ठको उक्त बिल दुवै सदन बाट पारित भए पछि सार्वजनिक गरिएको हो ।

स्मरण रहोस ,रिपब्लिकन कै सिनेटर र्यान्ड पौलको कारण संघीय सरकार केही समयको लागि बन्द गर्नु परेको थियो |

प्रतिक्रिया