बिहीबार, कार्तिक १ २०७५
काठमाडौं ०५:२२
वासिङटन डिसी 19:37

श्रममन्त्री बिष्टको अर्काे कदम: दरबन्दीबिना बस्नेलाई ‘नो हाजिर !’

इनेप्लिज २०७४ चैत ८ गते १२:१२ मा प्रकाशित

काठमाडौं, ८ चैत । केहीदिन अघि काठमाडौँबाहेक विभिन्न तीन ठाउँबाट श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले फेरि अर्काे कदम चालेका छन् । मन्त्री बिष्टको निर्देशनपछि मन्त्रालयले इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृतिका लागि काम अघि बढाइरहेका बेला उनले दरबन्दीमा रहेका बाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन निर्देशन दिएका छन् ।

विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको पाइएपछि बिष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका हुन् । अहिले विभागमा दरबन्दीभन्दा १६ जना बढी कर्मचारी छन् । उनीहरु सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर बसेका छन् । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई श्रम मन्त्रालयले काजमा राखेको थियो ।

दरबन्दीविना नै बसेपछि कम्प्युटर अधिकृतद्वय डम्बरबहादुर विश्वकर्मा र भवानी थपलिया तथा नायब सुब्बा लोकेन्द्रबहादुर रावल र कुमारबहादुर कटवाल, रबिन्द्र घिमिरे, राजन घिमिरे, गौरीकुमारी कार्की, लक्ष्मण गुरागाईं, केदार घिमिरे, यज्ञप्रसाद आचार्य, यज्ञबहादुर ओली, विद्याप्रसाद जैसी, सुमन पौडेल, सधुकर डाँगी र कार्यालय सहयोगीद्वय रञ्जु दाहाल र तुल्सीमान मर्हजनले तलबविना नै काम गरिरहेका छन् ।

श्रम विभाग आर्थिक चलखेल र भ्रष्टाचारमा एक नम्बरमा आउने कार्यालय मानिन्छ । वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम स्वीकृति दिने यस कार्यालयमा लाखौंको घुस लेनदेन हुने गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया