सुरु भयो नेपाल आइडल-२,सर्वसाधारणको प्रतिक्रिया अब झुक्कीएर पनि भोट गर्दैनै(भिडियो सहित)

इनेप्लिज २०७४ चैत ७ गते १९:३८ मा प्रकाशित
विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको दोस्रो सिजनको पहिलो अडिसन मंगलबार भैरहवाबाट सुरु भएको छ। भैरहवाको अंचलपुर स्थित (नेपाल आयल निगमको अगाडी) जेसिज किन्डर गार्डेन हाई स्कूलको प्राङगणमा नेपाल आइडलको अडिसन हुदैछ। भैरहवामा अडिसन भएपछि क्रमस धनगढीमा चैत ११ गते, हेटौडाँमा बैशाख ३ गते, धरानमा बैशाख ८ गते, पोखरामा बैशाख १४ गते र काठमाडौँमा नेपाल आइडलको अडिसन हुने आयोजकले जनाएको छ। मंगलबार बिहान ७ बजे देखिसुरु भएको अडिसन दिनभर चल्ने छ।
प्रतियोगिताको निर्णायकमा संगितकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी रहेका छन्। त्यस्तै अडिसनको संचालन नायक अशिम शाह र रीमा विश्वकर्माले गर्ने आयोजकले जनाएको छ। अडिसनको प्रशासरण एपीवान एचडी टेलिभिजनबाट हुनेछ।तर यो पटक भने नेपाल आइडललाई पहिलेको जस्तो सहज छैन नेपाल आइडललाई पहिलोपटकमा जति दर्शकको माया थियो त्यो क्रमस घट्दै गहीरहेको छ.पहिलो नेपाल आइडलको पुरस्कार अझै हातमा नापारेको गुनासो सुनिन्छ यस्तो अवस्थामा यो पटक नेपाल आइडलमा धेरै कम भोट जाने छ.
भिडियोमा हेर्नुहोस यो भन्दा पहिलो पटक भोट गरेका सर्बसाधारण पनि यो पटक भोट नगर्ने बताएका छन्.हेर्नुहोस यो रिपोर्ट

https://www.youtube.com/watch?v=qqo48C5IJcQ

प्रतिक्रिया